माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

कञ्चनपुर । कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शुक्रवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर ४८ वर्षीय दान बहादुर चुनाराको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटा-१० लालपनिया खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर चुनाराको मृत्यु भएको बताएको छ ।

करेन्ट लागेर घाइते भएका चुनाराको उपचारका क्रममा कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले जानकारी दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?