स्वास्थ्य उपचारपछि कांग्रेस नेता चन्द्र भण्डारी स्वदेश फिर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी उपचारपछि स्वदेश फर्किनुभएको छ ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा आगलागीमा परी गम्भीर घाइते भण्डारी मिुम्बईस्थित नेशनल बर्न सेन्टरमा स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किनुभएको हो । भण्डारी दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानबाट स्वदेश फर्किनु भएको हो ।

प्रतिनिधिसभा सदस्य समेत रहनुभएको भण्डारी झन्डै तीन महिनादेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत हुनुहुन्थ्यो । पछिल्लो समयमा भण्डारी बोल्ने र हिँड्न सक्ने हुनु भएको छ ।

सो आगलागीमा परी सांसद भण्डारी र उहाँ आमा हरिकला भण्डारी गम्भीर घाइते हुनु भएको थियो ।

आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?