डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्दै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने हुनुभएकाे छ ।

चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी डा. केसीले धनगढीमा सत्याग्रह सुरु गर्न लाग्नुभएकाे हाे ।

डा. केसीले आज साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ ।

उहाँले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राख्नुभएकाे छ ।

सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदैहुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?