कामनाको वित्तीय साक्षरता कार्यक्रम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कामना सेवा विकास बैंकले बुधबार ललितपुरस्थित एकेडेमिया इन्टरनेशनल कलेजमा एकदिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णय गर्न शिक्षित र सशक्त बनाउने योजनासाथ कार्यक्रमको आयोजना गरेको जनाएको छ । ३० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्च व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सतर्कततालगायतका विषयमा साक्षरता प्रदान गरेका थिए ।

बैंकतर्फबाट प्रमुख व्यवसाय अधिकृत हरिप्रसाद लम्साल, ग्वार्को शाखा प्रमुख प्रार्थना राणा कार्की, निक्षेप विभागका सुमन दुवाडीलगायत अन्य कर्मचारी र कलेज व्यवस्थापन संकाय प्रमुख प्रकृति बोताजुलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच कामना सेवा विकास बैंक र चिल्ली बार एण्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच मर्चेन्ट सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले पोखराको लेकसाइडस्थित चिल्ली बार एण्ड रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधामा १२ प्रतिशतसम्म र हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसले प्रदान गर्ने सेवा सुविधामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?