२०६४ पछि पहिलो पटक बर्दियामा माओवादी निल

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 7 mins

बर्दिया । मिनि रोल्पाको रुपमा परिचित बर्दियामा २०७९ साल मंसीर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्र निल भएको छ ।

सत्ता गठबन्धन दलका नेताहरुको सहमतिअनुसार बर्दिया क्षेत्र न २ को प्रतिनिधि सभा , सोहि क्षेत्रको प्रदेश सभा (ख) र क्षेत्र न १ को (ख) बाट नेकपा माओवादीले टिकट पाएको थियो । तर सत्ता गठबन्धनका अन्यदल नेपाली कांग्रेसले शतप्रतिशत जित निकाल्दा माआवादीको बिजोग भएको हो ।

बर्दियामा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा सदस्य रहने व्यवस्था रहेको छ । जस अनुसार गठबन्धनका तर्फ बाट क्षेत्र न १ मा नेकपा माओवादी केन्द्रले टिकट पाएको थियो भने सोहि क्षेत्रको प्रदेश सभा ख पनि टिकट पाएको थियो । क मा नेपाली कांग्रेसले टिकट पाएको थियो । सो निर्वाचन क्षेत्रमा नागरिक उम्मुक्ति पार्टिको सहयोगमा स्वतन्त्र उम्मेदवार रहेका लालविर चौधरीले नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय मतान्तरले पराजित गर्नु भएको हो ।

लालविर चौधरीले २६ हजार ५ सय २० मतल्याएर विजयी हुँदा पन्थले २६ हजार ३ सय ८४ मत प्राप्त गर्नु भएको थियो । प्रदेश सभा (ख) मा पनि माओवादीका तर्फबाट मानबहादुर थारुले टिकट पाउनु भएको थियो । सो स्थानमा नागरिक उम्मुक्ति पार्टिका धर्मबहादुर चौधरीले २० हजार १ सय २७मत ल्याउदै बिजयी हुनु भएको छ । माओवादीका थारुले १० हजार ९ सय ८४ मत प्राप्त गर्नु भएको थियो भने नेकपा एमालेका कृष्णी थारुले ७ हजार १७ मत प्राप्त गर्नु भएको थियो ।

नेकपा एमालेबाट निर्वाचन लडनु भएकी कृष्णी थारु यसअघि लुम्बिनी प्रदेश सभाको उप सभामुख हुनुहुन्थ्याे । माओवादी बाट टिकट पाएका मानबहादुर थारु पुराना नेताको रुपमा परिचित हुनुहुन्थो । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट बहुमत निकाल्दै प्रदेश सभा (ख) पनि जित निकालेको थियो भने प्रदेश सभा (क) मा भने तत्कालिन अवस्थामा एमाले संग भएको सम्झौताअनुसार एमालेलाई छोडिएको थियो त्यो पनि जित निकालेको थियो ।

अहिले क्षेत्र न २ को क मा नेपाली कांग्रेसलाई दिइएको थियो सो क्षेत्रमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जन्मजय तिमिल्सिनाले १७हजार २ सय ५१ मत ल्याउदै बिजयीहुनु भएको छ । नागरिक उम्मुक्ति पार्टिका प्रदेशी चौधरीले १२ हजार १ सय ८४ मत प्राप्तगर्नु भएको छ भने नेकपा एमालेका लहनु थारुले १० हजार ६ सय ४३ मत प्राप्त गर्नु भएको थियो ।

यता बर्दिया क्षेत्र न १ मा गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका सञ्जय गौतमले ३० हजार ६ सय ११ मत ल्याउदै बिजयी हुँदा सोहि क्षेत्रको प्रदेश सभा ख मा गठबन्धनको तर्फ बाट टिकट पाएको नेकपा माओवादी केन्द्र पराजित भएको छ । क्षेत्र न १ प्रतिनिधि सभा तर्फ नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीले २६ हजार १ सय ५५ मत ल्याउदै दोस्रो हुँदा पत्रकारीता छोडेर राजनितिमाआएका ठाकुरसिंह थारुले २३ हजार ९ सय ९३ मतल्याउदै तेस्रो हुनु भएको छ । सोहि क्षेत्रको क बाट गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका भुवनेश्वर थारुले १७ हजार २६ मत ल्याएर विजयीहुँदा नेकपा एमालेका शालिकराम अधिकारीले १६ हजार ९ सय ७ मत ल्याउदै दोस्रो हुनु भएको थियो भने नागरिक उन्मुक्ति पार्टिका खेमबहादुर थारुले ११ हजार ९ सय २ मत प्राप्त गर्नु भएको थियो ।

यसै गरी प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका अञ्जु दहिले गठबन्धनबाट टिकट पाउनु भएको थियो गठबन्धन दलको सहयोग हुदाहुदै पनि उहाँ तेस्रो स्थानमा रहनु भएको छ । सो स्थानमा नागरिक उन्मुक्ति पार्टिका राजकुमार चौधरीले १३ हजार २ सय ३० मत प्राप्त गर्दै बिजयी हुनु भएको छ भने नेकपा एमालेका भक्तबहादुर विकले १२ हजार १ सय ८३ मत ल्याउदा गठबन्धनका उम्मेदवार अञ्जु दहितले ११ हजार ४ सय ९० मत मात्र प्राप्त गर्नु भएको छ ।

सत्ता गठबन्धनको भाग बन्डामा काग्रेसले सत प्रतिशत जित निकाल्दा माओवादी निल हुन पुगेको छ । २०६४ सालयता भएका हरेक निर्वाचनमा माओवादीले निकाल्दै आएकाे जितलाई २०७९ सालमा भएको निर्वाचनले सुन्यमा झारिदिएको छ । कुनै समय बर्दिया नेकपा माओावादी केन्द्रको गढ मध्ये बर्दिया पनि भएको अवस्थामा अहिलेको गठबन्धनमा बर्दियामा माओवादी निल हुनुमा केहि सुधार पार्टि भित्र रहेको नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तिलक शर्माको भनाई छ । नेपाली कांग्रेसका तल्लो तहका कार्यकर्तामा देखिएको विबादको प्रभाव गठबन्धनका उम्मेदवार सम्म पुग्दा अवस्था निल भएको शर्माको बुझाई रहेको छ ।

राजनिति विश्लेषकको भनाईलाई मान्ने हो भने बर्दियामा माओवादीले पटक पटक जितेर गएपनि जनतालाई अपनत्व हुने गरी विकासले गति लिन नसकेको नतिजा हो । तर कतिपयको भनाईलाई मान्ने हो भने रेशम चौधरीको पार्टिले विचार भन्दा पनि जातिय एजेन्डालाई पहिलो प्राथमिकता दिएका कारण यसपटक जातिय एजेन्डाले बर्दियामा पकट बलियो बनाएको कारण पनि माओवादीले आफैले उचालेको एजेन्डालाई आफै माथि प्रहार गरेको भन्ने गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?