पन्ध्रौँ राष्ट्रपति रनिङशिल्डको उपाधि बाँसगढी नगरपालिकालाई

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बर्दिया । १५ औं बर्दिया जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुदप्रतियोगीतामा बाँसगढी नगरपालिका प्रथम भएको छ ।

सो प्रतियोगीतामा भलिवल, कवड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसु खेल समावेश गरिएको थियो । प्रतियोगितामा बाँसगढी नगरपालिकाले १७ स्वर्ण , ७ रजत र ८ काँस्य गरी जम्मा ३२ पदक जितेको थियो । यसैगरी राजापुर नगरपालिका १४ स्वर्ण , १२ रजत र ९ काँस्य गरी ३५ पदक जितेर दोस्रो भएको थियो ।

ठाकुरबाबा नगरपालिका १० स्वर्ण ८ रजत र १२ काँस्य गरी ३० पदक जितेर तेस्रो भएको थियो । चौथोमा गुलरिया नगरपालिकाले ९ स्वर्ण १६ रजत र १५ काँस्य गरी जम्मा ४० पदक जितेको थियो । पाँचौ स्थानमा बारबर्दिया नगरपालिका रहेको छ । सो पालिकाले ९ स्वर्ण, १२ रजत र ८ कास्यगरी जम्मा २९ पदकजितेको थियो । यसैगरी बढैयाताल गाँउपालिकाले ३ स्वर्ण २ रजत र ५ काँस्य गरी जम्मा १० पदक हात पार्दै छैटौ स्थान प्राप्त गरेको थियो ।

सातौ स्थानमा गेरुवा गाँउपालिकाले २ स्वर्ण , ११ रजतर १० काँस्य गरी जम्मा २३ पदक प्राप्त गरेको थियो भने आठौ स्थानमा मधुवन नगरपालिकाले २ स्वर्ण १ रजत र ३ काँस्य गरी जम्मा ६ पदक जितेको थियो । प्रतियोगीतामा खेलाडी तथा टिमलाई पुरस्कारसमेत प्रदान गरिएको जिल्ला खेलकुद विकास समिति बर्दियाका कार्यालय प्रमुख भुपेन्द्रपुन मगरले बताउनु भयो ।

उद्घाटन समारोहमा संघिय सांसद सञ्जय गौतमले उद्घाटन गर्दै बर्दियालाई खेलको माध्यमबाट पनि पहिचान गर्न सकिने बताउनु भएको थियो । समापन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष सुर्यबहादुर विष्टले पालिकाले स्थानिय खेलाडीहरुको पहिचान गर्न सक्नुपर्ने बताउनु भयो । जिल्ला खेलकुद विकास समिति बर्दियाका कार्यालय प्रमुख भुपेन्द्र पुन मगरले खेलकुदलाई जिल्लाबाट केन्द्र सम्म पुर्‍याउनका लागि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई खेलकुद प्रति रुचि जगाउनका लागि स्थानिय स्तरबाट योजना बनाइनु पर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?