कोशी प्रदेशका मुख्यमन्त्रीको नियुक्ति विरूद्वको रिट आज पनि हेर्न नभ्याइनेमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्तिविरूद्व परेको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ ।

पूर्व मुख्यमन्त्री हिम्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट आज तेस्रो पटक हेर्न नभ्याइनेमा परेको हो ।

रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको थियो ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ले बिहिवार गर्नुभएको मुख्यमन्त्रीको नियुक्ति नेपालको संविधानको ठाडो उल्लंघन भएको भन्दै कार्कीले रिट दायर गर्नुभएको थियो ।

कार्कीले मुख्यमन्त्री थापाको नियुक्ति बदरको माग गर्दै संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश माग गर्नुभएको छ ।

रिटमा कोशी प्रदेशका प्रदेश प्रमुखलाई विपक्षी बनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?