रवि लामिछानेलाई नेता चयन गर्न संसदीय दललाई रास्वपाको सिफारिस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा सांसद रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न सिफारिस गरेको छ ।

सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।

१० वैशाखमा भएको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?