साफमा कुवेतले पनि खेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दक्षिण एसियाली फुटबलको प्रतिष्ठित साफ च्याम्पियनसिपमा कुवेतले पनि खेल्ने भएको छ । भारतमा यसै वर्ष हुने साफमा कुवेतले पनि सहभागिता जनाउने भएको हो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार साफ च्याम्पियनसिपको १४औँ संस्करणमा कुवेतको सहभागिता रहने जनाएको हो ।

साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारतको बेंग्लोरमा आयोजना हुँदैछ । यसपटक साफ च्याम्पियनसिपमा दक्षिण एसियाका ६ र कुवेत गरी ७ टोलीको सहभागिता रहनेछ । जसमा आयोजक भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान, भुटान, बंगलादेश र दक्षिण एसियाबाहिरको कुवेत छन् । फिफाको निलम्बनमा रहेका कारण श्रीलंका भने यस संस्करणमा हुने छैन ।

दुई वर्षअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा ५ टोलीको सहभागिता रहेको थियो । नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेशले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । जहाँ नेपाल र भारत फाइनल पुगेका थिए । नेपाल साफको इतिहासमा उक्त संस्करणमा पहिलोपल्ट फाइनल पुगेको हो । फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?