नेपालको राजनीति भ्रष्टाचारमा लिप्त र घृणाको विषय बन्यो : अध्यक्ष नेपाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयु) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने बताउनु भयो ।

उहाँले राजनीति मानिसका लागि घृणाको विषय बनेको बताउनु भयो । उहाँले नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति आपत्ति जनाउनु भयो । उहाँले भ्रष्टाचार, सहज रुपमा सेवा प्रवाह नगर्नु र जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्तिले नेपालको राजनीतिप्रति निराश मान्दै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी देशको राजनीतिलाई पनि राम्रो दिशामा लैजान चाहन्छाैँ । राजनीतिमा अनेकौँ फोहोर जमेको छ, त्यसलाई सफा गर्न चाहन्छौँ । राजनीति मानिसका लागि घृणाको विषय बनेको छ, किनभने विकृत भएको छ, भ्रष्टाचारमा डुबेको छ । यस बीचमा नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएको छ । नकारात्मक र निराशाजनक कुरामा जुध्नुपर्छ, पहिलो कारण भ्रष्टाचार हो, दोस्रो कारण सहज रुपमा सेवा प्रवाह नगर्ने प्रवृत्ति, तेस्रो जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्ति, चौथो हाम्रा सबै कामहरुले जनताको निम्ति परिणाम दिन नसक्नु । छिटो काम नहुने, रोजगारी प्रवद्र्धन नहुने, सीप नदिने, यस्ता समस्या देखिएका छन् ।’

अध्यक्ष नेपालले अबको समयमा स्वदेशमा रोजगारी दिने, सीप प्रवद्र्धन गर्ने र जनतामा सेवा सहज बनाउनेकुरमा ध्यान दिनुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?