कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा डा. आचार्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सुरेश आचार्य नियुक्त हुनुभएको छ ।

उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको कार्यकारी निर्देशकमा उहाँलाई नियुक्त गर्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा आचार्य विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । त्यसैगरी उहाँले नेपाली कांग्रेसका विभिन्न समितिमा रहेर काम गरिसक्नु भएको मुख्यसचिव पौडेलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?