काठमाडौं । टेबलटेनिसकी पूर्व राष्ट्रिय च्याम्पियन एवं दक्षिण एसियाली खेलकुदकी कांस्य विजेता गीता थापा मगरले छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा स्वर्ण जित्नुभएको छ । ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनलमा धरान टेबलटेनिस क्लबकी गीताले ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस एकेडेमीकी इन्दिरा पराजुलीलाई ११-९, ११-३ र ११-५ को सोझो सेटमा पराजित गर्नुभयो । सिवाइसीकी विजेता व्यञ्जनकार र ज्ञानभैरवकी सम्झना पोखरेल तेस्रो हुनुभयो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यू-१६ गल्र्स सिंगल्समा धरान एण्ड टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीकी श्रेया धर पहिलो हुनुभयो । श्रेयाले फाइनलमा स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी सुस्मिता खड्कालाई सिधा सेटमा १२-१०, ११-४ र ११-८ ले हराउनुभयो । होप्सकी योङ्गी पौडेल र एपिएफ क्लबकी सोनम ठाकुर तेस्रो बन्नुभयो । दुवै स्पर्धामा स्वर्ण जित्नेलाई कोरियन बिबिक्युको गिफ्ट हृयाम्पर प्रदान गरिएको थियो ।
प्रतियोगितामा ३९० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । भारतबाट १६ पुरुष र आठ महिला तथा चीनबाट दुई महिला खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम, पुरुष सिंगल्स भेट्रान ४० वर्षमाथि र ५५ वर्षमाथि, महिला सिंगल्स भेट्रान ४० वर्षमाथि तथा यू-१६ ब्वाइज/गल्र्स सिंगल्स गरी नौ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष/महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार पाउनेछन् । बाँकी स्पर्धामा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले पाँच/पाँच हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । कुल नगद पुरस्कार राशि पाँच लाख ८० हजार रुपैयाँ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच