एकदिवशीय क्रिकेटको फाइनल खेलमा सुरक्षा घेरा तोड्दै एक युवती किन मैदान प्रवेश गरिन ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । आइतबार रातीसम्म जारी भारत र अस्ट्रेलियाबीचको एकदिवसीय क्रिकेटको फाइनल खेलमा एक युवती सुरक्षा घेरा तोड्दै मैदान प्रवेश गरेकी थिइन् । दर्शकदीर्घामा बसेकी ती युवती खेल भइरहेको मैदानमा प्रवेश गरेकी थिइन् । आखिर उनी दर्शकदीघाबाट उठेर सबै सुरक्षा घेरा तोड्ने मैदान पुगिन ? भन्ने विषय अलि रोचक छ ।

खेल मैदान प्रवेश गरेकी ती युवती दर्शकले ‘फ्री(प्यालेस्टाइन’लेखेको टिसर्ट लगाएकी थिइन्। उनले खेलमा ब्याटिङ गरिरहेका भारती खेलाडी विराट कोहलीलाई अंगालो नै हाल्न पुगेकी थिइन्। उनले प्यालेस्टाइनको झन्डा पनि लिएकी थिइन्। यसपछि सुरक्षाकर्मीहरूले उनलाई पिचबाहिर निकालेका थिए।

यसरी दर्शक मैदानमा नै पुगेको विषयमा मैदानको सुरक्षा कमजोरी भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। इजरायलले पयालेस्टाइनी क्षेत्र गाजामा अक्टोबर ७ यता आक्रमण गरिरहेको छ। इजरायलको आक्रमणमा परी ४ हजारभन्दा बढी बालबालिकासमेत गरी १२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। सोही युद्धप्रति विश्वकै ध्यान आकर्षण गराउन लागि प्यालेस्टाइन पक्षकी समर्थकले उक्त कदम उठाएको आकलन गरिएको छ।

उता जारी खेलमा कोहलीले अर्धशतक बनाएका छन्। उनले ६३ बलमा ५४ रन बनाएर आउट भएका हुन्। उनले चार चौका प्रहार गरेका थिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?