हिल्सा नाका सोमबारबाट पूर्णरूपमा सञ्चालनमा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका अन्तर्गत पर्ने हिल्सा नाका सोमबारबाट पूर्णरूपमा सञ्चालनमा आएको छ ।

दुइदेशका राष्ट्र प्रमुख अन्य पदाधिकारीहरुको बैठक बसेर आजबाट हिल्सा नाका पूर्णरूपमा सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।

झण्डै चारवर्षदेखि बन्द रहेको हिल्सा नाका सोमबारबाट सञ्चालनमा आउँदा हुम्लाका स्थानीय खुशी भएका छन् ।

कोरोना कहरका कारण हिल्सा सिमानाका बन्द हुँदा यहाँका स्थानीयको रोजिरोटी खोसिएको थियोे । सिमानाका सञ्चालनमा आउँदा हर्सित भएको सिमकोट गनउँपालिका(१ दोजामका याङ्दार लामाले बताउनुभयो । लामाका अनुसार सिमानाका सञ्चालनमा आउँदा विशेषगरी नाम्खा, सिमकोट र खार्पुनाथ गरि सर्केगाड गरि जिल्लाभरीका स्थानीयलाई सहज भएको छ ।

सीमानाका सञ्चालनमा आउँदा हुम्लाका नागरिक व्यापार, व्यवसाय, कामदारको लागि छिमेकी राष्ट्र चीन जाने समय यो उत्तम हो ।
वैशाख अन्तिमदेखि जेठ पहिलो साताबाट चीनमा मजदुरीको लागि जाने समय हो । कमाईको लागि जाने समयमा चारवर्ष पछि हिल्सानाका सञ्चालनमा आउँदा हुम्लीको आयश्रोत बढ्ने देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?