दाङ । गढवा गाउँपालिका–१, हुलाकी सडकसँगै जोडिएको कुमालगाउँ । यहाँका करिव ५० घरपरिवारको दैनिकी माटोका भाँडा बनाउनमा वित्ने गर्छ । आर्थिक रुपमा विपन्न यहाँका नागरिकको गुजारा माटोका भाडा बनाएर चल्छ ।
उनिहरु खुत्रुक्के, पानी चिसो बनाउने घैँटा, पाला, पानी पिउने करुवा आदी बनाउँछन् । कुमाल समुदायको यो पेसा पुर्खौली हो ।
‘हामी माटोबाट भाडा बनाएर जीवन गुजाराको माध्यम बनाउँदै आएका छौ’, गढवा गाउँपालिका–१ निवासी माटोेका भाँडा बनाउने व्यवसायी कालीदेवी कुमालले भन्नुभयो, । ६८ बर्षीय गाजुराम थारु कुमाल पनि माटोका भाडा बनाउने काम गरेर जीवन चलाउँदै आउनुभएको छ । ‘पहिलेको तुलनामा विक्री घटेपनि अहिले विक्रीका लागि सहजता भएको छ’,गाजुरामले भन्नुभयो, ‘पहिले बजारसँगै घरघरमा विक्रीका लागि माटोका भाडाहरु लैजानु पथ्र्यो तर अहिले घरबाटै विक्री हुने गर्दछन् ।’ ‘माटोका भाडाहरु विक्छन तर पहिले जस्तो अहिले बजार छैन’, सोही स्थानकी कालीदेवीले भन्नुभयो,‘तिहारको समयमा पालालगायतका माटोका भाडाहरु बिक्ने गर्दछन । तर अन्य समयमा खासै हुँदैन ।’ माटोका भाडाको विकल्पमा स्टिल तथा प्लाष्टिकका भाडाहरु प्रयोग हुने गरेकाले पहिलेको तुलनामा अहिले व्यापार कम भएको उहाँको भनाइ छ ।
उत्पादन गरिएका माटोका भाडाहरु देउखुरी सँगै घोराही, प्युठान, रोल्पा र कपिलवस्तु लगायतका विभिन्न जिल्लाका ठाउँमा विक्रीका लागि पाठाइन्छ । माटोका भाडाहरु विक्रीका लागि समस्या नभएको अर्का स्थानीय ताराबहादुर कुमाल बताउँनुहुन्छ । एक समय स्टील तथा प्लाष्टिक भाडाहरुले गर्दा माटोको भाडाहरुको विक्री कम भएपनि पछिल्लो समय राम्रो रहेको उहाँको भनाई छ । ‘माटोका भाडा बनाउन सके विक्रीमा समस्या छैन्’,उहाँले भन्नुभयोे,‘तर मेहनत धेरै गर्नुपर्ने र मुल्य कम हुने भएका कारण धेरैले बनाउन छोड्ने गर्नुभएको छ ।’ ‘पहिले भरियामा बोकेर विक्रीका लागि गाउँगाउँ हिडेर जानुपथ्र्यो’,उहाँले भन्नुभयो,‘तर अहिले त्यसरी जानुपर्दैन । उत्पादन गरिएका माटाका भाडाहरु घरबाटै विक्री हुन्छन् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच