डिजी पे र फ्रेन्चाइजी व्यवसायीबीच सहकार्य

Read Time = 3 mins

काठमाडौं । मोबाइल वालेट कम्पनी डिजी पे प्रालिले डिजिटल तथा नगद दुुवैमा कारोबार गर्न मिल्ने सुुविधा साथै फिनटेक इण्डष्ट्रीमै पहिलोपटक व्यावसायिक प्रवद्र्धनका लागि फ्रेन्चाइजीको अवधारणा ल्याएको छ । डिजी पेमा व्यवसायीले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आबद्ध हुुन सक्ने कम्पनीले जनाएको छ । भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतका रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने बताइएको छ । कम्पनीले स्थानीय व्यवसाय साझेदार आबद्ध योजनामार्फत् विभिन्न व्यवसायीसँग फ्रेन्चाइजीको सहकार्य गरेको छ । फ्रेन्चाइजीहरूको मुख्य कार्य व्यवसायीलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी पेमा निःशुुल्क आबद्ध गराउनु रहेको कम्पनीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

योजनाअन्तर्गत फ्रेन्चाइजीहरूले डिजी पेसँगको सहकार्यबाट कम्पनीले प्रदान गरेको लक्ष्य पूरा भएको अवस्थामा प्रतिमहिना चार लाखदेखि पाँच लाख रुपैयाँसम्म कमाउन सक्ने कम्पनीका अध्यक्ष दिवाकरबहादुुर पाण्डेले बताउनुभएको छ । डिजी पेमा व्यवसायीले निःशुुल्क आबद्ध भई विभिन्न सेवा तथा फाइदा प्राप्त गरी बजार विस्तार र प्रचारप्रसारबाट उच्च मुनाफा आर्जन गर्न सक्ने कम्पनीको दाबी छ । आबद्ध हुँदा पाँच सय टपअप र सेवा शुल्कमा छुट, न्युज टिभी च्यानल एबिसी न्युुजमार्फत् विशेष सहुुलियतमा विज्ञापन प्रसारण, राष्ट्रिय दैनिक पत्रिका द नेपाल टपमार्फत् विज्ञापन, स्टार हस्पिटलको आठ सय २५ रुपैयाँमा दुर्ईवटा ओपिडी टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा विभिन्न छुटलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?