अख्तियारद्वारा ललितपुर महानगरका शिक्षा अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग एक लाख घुस मागेको पुष्टि भएपछि अख्तियार बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले २०७९ फागुन १८ गते एक लाख घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

यस्तो छ विज्ञप्ति
अनुसन्धानको सिलसिलामा जिल्ला ललितपुर, ललितपुर महानगरपालिका, शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु.१,००,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकाले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज शेषकान्त पौडेललाई बिगो रु. १,००,०००।– (एक लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम कैद सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

गोकर्णेश्वरबाट तीनजना पक्राउ
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा गोकर्णेश्वरबाट तीनजनालाई पक्राउ गरेको छ । काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका-३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहनप्रसाद कुइकेल र बालुवा डिपो सञ्चालक सुसान्त कुइकेललाई घुस रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार, गोकर्णेश्वर न.पा.बाट मर्मत तथा निर्माणको काम लिई ठेक्कामा लगाएपश्चात सेवाग्राहीबाट बाटो स्तर उन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समितिमार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुस लिएकाले पक्राउ गरिएको हो ।

आयोगको टंगालबाट खटिई गएको टोलीले लक्ष्मण अधिकारी, मोहनप्रसाद कुइकेल र सुसान्त कुइकेललाई सेवाग्राहीबाट एक लाख रुपियाँ घुस र रिसवत लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । साथै उक्त रकमसहित ३० हजार रुपियाँको चेक पनि प्राप्त भएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?