युक्रेनी राष्ट्रपति अचानक फिनल्याण्डमा

Read Time = 2 mins

हेलसिन्की । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की आउनुभएको छ । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उहाँ फिनल्याण्ड भ्रमणमा आउनुभएको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताउनुभएको छ । युक्रेनी राष्ट्रपतिले आफ्ना फिनिस समकक्षीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को कान्छो सदस्य फिनल्याण्डका राष्ट्रपतिसँग उहाँले जारी युद्ध र प्रतिरक्षा सहयोगबारे छलफल गर्नुहुने अधिकारीहरूले बताएका छन् । युक्रेनी नेताले स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन, नर्वेका जोनास गाहर स्टोर, डेनमार्कका मेटे फ्रेडरिक्सन र आइसल्याण्डका क्याट्रिन जाकोब्सडोटिरसँग पनि द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

नाटोको सदस्यता प्राप्तिमा नर्डिक मुलुकको सहयोग प्राप्तिलाई पनि युक्रेनी राष्ट्रपतिले आफ्नो भ्रमणको कार्यसूचीमा समावेश गर्नुभएको उहाँका सञ्चार सल्लाहकार डारिया जरिभनाले बताउनुभएको छ । रासस/एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?