कृष्ण रसाललाई वेष्ट कोरियोग्राफ अवार्ड

Read Time = 4 mins

काठमाडौं । नृत्य निर्देशक एवं कोरियोग्राफ कृष्ण रसालले वेष्ट कोरियोग्राफको अवार्ड चुम्न सफल हुनुभएको छ । उहाँले हालै राजधानीमा सम्पन्न भएको तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड समारोहमा सो अवार्ड प्राप्त गर्नुभएको हो ।

विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि.नेपालको आयोजना र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको मुख्य सहकार्य साथै टेक्सास इन्टरनेशनल कलेज, नेपाल टेलिकम, निम्ब एजुशेन एण्ड भिजा सर्भिस र महेरो फेशन एण्ड डिजाइन प्रा.लि.को सहकार्यमा सम्पन्न भएको अवार्ड समारोहमा अवार्ड समारोहमा वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई नगद राशीसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो ।

समारोहमा रंग पत्रकारिता सम्मानबाट सञ्चारकर्मी पत्रकार हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुइँटेल, सूर्य चन्द, सुमन सापकोटा, शिवराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि परराष्ट्रमन्त्री एनपी साउदले सम्मान गर्नुभएको थियो ।

यस्तै, हिमालयन सामाजिक व्यक्तित्व सम्मान-२०७९बाट वसुन्धरा लामा, सावित्री लामा, सुरेन्द्रप्रसाद सञ्जेल, हिक्मत कार्कीलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि मन्त्री साउदले सम्मान गर्नुभएको थियो । त्यस्तै, हिमालयन बाल सामाजिक अभियन्ता सम्मानबाट प्रिन्सप्रसिद्ध सिंह थापालाई सम्मान गरिएको थियो भने हिमालयन साहित्य साधना सम्मानबाट हरिसिंह थापा, सविता श्रेष्ठ ‘वेहोसी’, शीतल कादम्बिनी र हेमन्त निरौलालाई सम्मान गरिएको थियो ।

यसैगरी हिमालयन चलचित्र सम्मानबाट रवि कार्की, सरोज शर्मा, वविता श्रेष्ठ र लीलाधर भट्टराईलाई सम्मान गरिएको थियो । त्यस्तै मोडल सनम कठायतलाई हिमालयन दशक अभिनय सम्मान अर्पण गरिएको थियो ।

यस्तै, हिमालयन गीतसंगीत साधना सम्मानबाट कृष्ण गैरे, ज्ञानेन्द्र शाही, तारावीर पाण्डे र अजयकुमार विष्टलाई सम्मान गरिएको थियो । त्यस्तै हिमालयन कला साधना एवं समाजसेवी सम्मानबाट ज्ञानेन्द्रबहादुर खडका, कृष्ण केसी, राजेन्द्र खत्री र अर्जुन गिरीलाई सम्मान गरिएको थियो । त्यसैगरी हिमालयन कला साधना सम्मानबाट अच्युत बजगाईं र लोकेश भाटलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?