देशको अवस्था देख्दा दुःख लाग्छ : पूर्वराजा शाह

हिमालय टाइम्स
Read Time = 2 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले सबै मिलेर देशको अवस्था सुधार गर्न आहृवान गर्नुभएको छ । बुधबार नेपालगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रको पुरानो गौरव फर्काउन उठ्नका लागि सबैसँग आहृवान गर्नुभएको हो । उहाँले देशको वर्तमान अवस्था देख्दा दुःख लागेको बताउनुभएको छ । यस्तै, शाहले देश परनिर्भर बन्दै गइरहेको भन्दै चिन्ता प्रकट गर्नुभयो ।

अब आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर कस्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । नागरिक अभिनन्दन गर्न आयोजित कार्यक्रममा पूर्वराजा शाहले नेपालगञ्ज जस्तो ऐतिहासिक, औद्योगिक र व्यापारिक महत्वको स्थानमा आएर बोल्न पाउँदा खुसी लागेको पनि अनुभव सुनाउनुभयो ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको भूभाग परिबन्दले हामीबाट केही समय गुमे पनि कालान्तरमा त्यो हामीभित्रै समाहित भएको स्मरण पनि पूर्वराजा शाहले गर्नुभयो । उहाँले भन्नुभयो, ‘६४ वर्षअघि यही भूमिमा उभिएर राजा महेन्द्रले सम्बोधन गर्नुभएको थियो । उहाँले नेपालको तत्कालीन राज्यविधिका बारे–नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतनामूलक सम्बोधन गरेको सम्झन्छु ।’ लामो अन्तरालपछि फेरि पनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश हुँदा आफूलाई दुःख लागेको बताउनुभयो ।
उहाँले आफ्नो नारा जहिले पनि देश बनाऊँ–देशवासीको अवस्था सुधारौँ, व्यवस्था र पद्धति बसालौँ, जनतालाई शान्ति, सुख समृद्धि दिऊँ भन्ने रहेको पनि बताउनुभयो । पूर्वराजपरिवार अहिले पश्चिम यात्रामा निस्किएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?