महिला एशियन कप छनोट खेलमा नेपाल समूह ‘बी’ मा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एएफसी यु-२० (२० वर्षमुनि) उमेर समूहको महिला एशियन कप छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ । एशियाली फुटबल महासंघ (एएफसी)ले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘बी’ मा परेको हो ।

नेपालको समूहमा प्यालेष्टाइनल, संयुक्त अरब इमिरेट्स (युएई) र नर्दन मारियाना आइल्याण्ड छन् । समूह ‘बी’ को खेल प्यालेष्टाइनले आयोजना गर्नेछ । उक्त खेल आगामी मार्च ४ देखि १२ तारिखसम्म सञ्चालन हुनेछ ।

छनोट खेलमा सहभागी ३१ राष्ट्रका खेलाडीलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता टोलीले दोस्रो चरणका लागि स्थान बनाउनेछन् । दोस्रो चरणमा उत्कृष्ट हुने चार टोलीले सन् २०२४ को मार्च ३ देखि १६ तारिखसम्म उज्वेकिस्तानमा आयोजना हुने यु–२० महिला एशियन कपमा सहभागिता जनाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?