खोटाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय स्थापना

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले खोटाङमा सम्पर्क कार्यालय स्थापना गरेको छ । दिक्तेलबजारस्थित भानुचोक बरगाछीमा शुक्रबार कार्यालय स्थापना गरेको हो ।

निकट भविष्यमा जिल्लाभर संगठन निर्माण गरिने भएकाले विधिवत रुपमा कार्यालय स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सदस्य मन्जु विष्टले जानकारी दिनुभयो ।

विष्टका अनुसार सम्पर्क कार्यालयमा मुकुन्दकृष्ण थापा, पारस विराट र सोनामहाङ राईलाई सम्पर्क व्यक्तिको रुपमा जिम्मेवारी दिईएको छ ।
उहाँहरुले पार्टीको वारेमा जान्न चाहाने व्यक्तिहरुलाई जानकारी दिने र सदस्य बन्न चाहने व्यक्तिहरुलाई सदस्य बन्न सहजीकरण गर्नुुहुनेछ ।

पार्टी सदस्यको संख्या बृद्धिसँगै केन्द्रीय नेताहरुको उपस्थितीमा निकट भविष्यमा जिल्ला कार्य समिति समेत गठन गरिने र जिल्ला कार्य समितिले गाउँ, वडा, गाउँपालिका तथा नगरपालिकाहरुमा संगठन विस्तार गर्नेछ ।
सम्पर्क कार्यालय स्थापनामा रास्वपाका साधारण सदस्य डा. राजकुमार राई र रास्वपा नेता गणेश बस्नेतको उपस्थिती थियो ।

पार्टीको सदस्यता अनलाईन प्रविधिबाट लिनुपर्ने र सदस्यताको विषयमा केन्द्रले अन्तिम टुंगो लगाउने भएकाले जिल्लाका यतिनै व्यक्तिले पार्टीको सदस्यता लिएको भन्ने बारेमा अहिले नै भन्न नसकिने जनाईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?