बाजुरामा पहिरो पीडितका घर निर्माणको काम अलपत्र

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका अम्कोटका पहिरो पीडितहरुको घर निर्माणको काम अलपत्रमा परेको छ । विपत् प्राधिकरणले दिएको डिजाइनमा घर निर्माण नगरेर स्थानीयले मनोमानी ढङ्गले घर बनाउन थालेपछि निर्माणको काम अलपत्र परेको हो ।

आर्थिक वर्ष २०७९/०८० मा स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा बाढीपहिरोबाट विस्थापित भएका अम्कोटका स्थानीयका लागि घर निर्माणको काम सुरु गरिएको थियो ।

बाढीपहिरा पीडित १०६ घरपरिवार मध्ये ८५ जनाले ७५ हजार पहिलो किस्ता रकम पाएका छन् । पहिलो किस्ता पाएका ८५ जना मध्ये १८ जनाले मात्र घर निर्माणको काम सुरु गरेका छन् भने ६७ जनाले अझै घर निर्माणको काम सुरु गरेको छैनन् । उनीहरुले प्राविधिकले भनेकै अनुसार घर निर्माण गरेको बताएका छन् । दोस्रो किस्ताको रकम नमिलेपछि घर निर्माणको काम अलपत्र परेको उनीहरुको दाबी छ ।

स्टेमेटमा प्रत्येक कुनामा एक–एक सरिया, जगको माथिमा दुई वटा सरियाले डिपिसी गर्ने र तल्ला नथप्ने गरी डिजाइन गरिएको छ । विपत् प्राधिकरणले दिएको डिजाइनमा घर निर्माण गरेको कागजात आएपछि मात्र दोस्रो किस्ता रकम दिने र त्यो भन्दा फरक भएमा दोस्रो किस्ता रकम नदिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । घर निर्माणका लागि दोस्रो किस्ता रकम लिएर घर निर्माण नगरेमा पहिलो किस्ता रकम समेत फिर्ता गर्नुपर्ने प्रशासनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?