एञ्जिला र रेखाको टोली विजयी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बा तथा फरवार्ड रेखा पौडेलको टोलीले भारतीय महिला लिग (आइडब्ल्यूएल)मा जित हात पारेको छ । एञ्जिलाको टोली सेथुले लगातार चौथो जित हात पार्ने क्रममा शुक्रबार इस्टर्न स्पोर्टिङ युनियनलाई तीन-शून्यले पराजित गर्‍यो । पहिलो रोजाइको रूपमा मैदान उत्रिनुभएको एञ्जिलाले पूरै समय मैदानमा बिताउनुभयो ।

सेथुलाई जित दिलाउन नोरेम प्रियंका देवी, सुमाती कुमारी र किरण पिस्दाले एक-एक गोल गर्नुभयो । चार खेलमा शतप्रतिशत नतिजा निकालेको सेथु १२ अंकसहित समूह ‘बी’को शीर्षस्थानमा छ ।

समूह ‘ए’मा भने राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा आबद्ध गोकुलम केरेला एफसी १० अंकसहित शीर्षस्थानमा छ । यस्तै फरवार्ड रेखा पौडेल सम्मिलित स्पोर्टस उडिसाले माता रुक्मणी फुटबल क्लबलाई एक-शून्यले पराजित गर्‍यो । मनिषा नायकले ५४औं मिनेटमा उडिसाका लागि निर्णायक गोल गर्नुभयो । रेखाले उक्त खेलमा पूरै समय मैदानमा बिताउनुभएको थियो । उहाँले अघिल्ला तीन खेलमा टोलीका लागि तीन गोल गरिसक्नुभएको छ ।

समूह ‘ए’मा स्पोर्टस उडिसा नौ अंकसहित तेस्रो स्थानमा रहेको छ । समान अंकका साथ इष्ट बंगाल दोस्रो स्थानमा र गोकुलम केरेला एफसी १० अंकसहित शीर्षस्थानमा छ । बिहीबार सावित्राको टोलीले मिसिका युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो ।

समूह ‘ए’ र समूह ‘बी’ दुवैमा समान आठ टोलीले प्रतिस्पर्धा गरिसकेका छन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान एवं गोलकिपर एन्जिला तुम्बापो सुब्बा रहेको सेथु नौ अंकसहित समूह ‘बी’को शीर्षस्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?