बजेट अधिवेशन भोलिदेखि, सम्पूर्ण तयारी पूरा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदनक बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गर्नुभएको हो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?