काठमाडौं । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टले हृयाट्रिक पूरा गरेको खेलमा चर्च ब्वाइजले एनआरटीलाई ४-१ ले पराजित गरेको हो ।
चर्च ब्वाइजको जितमा अञ्जन विष्टसँगै सुशील शाहले एक गोल गर्नुभयो । पहिलो हाफमा एक गोल गरेको चर्च ब्वाइजले दोस्रो हाफमा तीन गोल थप्यो । यस्तै, एनआरटीका दिपेश आले मगरले एक गोल फर्काउनुभयो ।
४०औँ मिनेटमा सुशील शाहले गोल गर्दै चर्च ब्वाइजलाई १-० को अग्रता दिलाउनुभयो । कमल श्रेष्ठको कर्नरमा उहाँले गोल गर्नुभएको थियो । ५१औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पार्नुभएको थियो ।
६१औँ मिनेटमा अञ्जन विष्टले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । त्यसअघि आशिष चौधरीले गरेको गोल अफसाइड ठहरियो । ८५औँ मिनेटमा अञ्जनले पेनाल्टीमा गोल गर्दै हृयाट्रिक पूरा गर्नुभयो । गगनदीप सिंहको प्रहारलाई एनआरटीका डिफेण्डर अजय चौधरीले हृयाण्ड गर्न पुगेपछि रेफ्रीले चर्च ब्वाइजलाई दिएको पेनाल्टीमा अञ्जनले गोल गर्नुभएको थियो ।
जारी लिगमा यो तेस्रो हृयाट्रिक हो । यसअघि मच्छिन्द्रका ओलावाले ओलाडिपो अफिज र एफसी खुमलटारका स्टेफन समिर विनोङले हृयाट्रिक पूरा गर्नुभएको थियो । इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा दिपेश आले मगरले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याउनुभयो ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको चर्च ब्वाइजको १५ खेलबाट २७ अंक पुगेको छ । समान खेलबाटै जावलाखेलको २४ अंक छ । पराजित एनआरटीको १५ खेलबाट १७ अंक छ । यस्तै, सातदोबाटो युथ क्लब र मनाङ-मस्र्याङ्दी क्लबले बराबरी खेलेका छन् । सातदोबाटो र मनाङले गोलरहित बराबरी खेलेका हुन् । यस बराबरीसँगै सातदोबाटो १५ खेलबाट २३ अंक जोडेर चौथो स्थानमा रहेको छ । मनाङ १५ खेलबाटै १९ अंक जोडेर आठौँ स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच