गोकर्णेश्वरमा बृहत् राष्ट्रिय गजल प्रतियोगिता सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

पुरुषोत्तम घिमिरे/हिटा
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले बृहत् राष्ट्रिय गजल प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त प्रतियोगितामा प्रथम दैलेखका दीपिन सिजापति द्वितीय दैलेखकै मुना बोहोरा र तृतीयमा लमजुङका प्रज्ज्वल अधिकार हुनुभयो । यसैगरी भिजन गुरागाई, जगतबहादुर खड्का, लक्ष्मण ढकाल, संयोग बस्याल, प्रकाश समिरलाई सान्त्वना पुरुषकार प्रदान गरिएको थियो ।

नगर प्रमुख दीपककुमार रिसालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार यादव खरेल हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रिसालले आफ्नो नगरपालिकालाई ‘साहित्य हब’ बनाउने योजना रहेको उल्लेख गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार, द्वितीय स्थान प्राप्त गर्नेलाई ४० हजार र तृतीयलाई ३० हजार रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रममा ४५१ गजलहरू आएका थिए जसमध्ये ४१ वटा गजल वाचनका लागि छनोट गरिएको थियो । गजलको निर्णायकमा करुण थापा, प्रभाती किरण र धनेन्द्र ओझा हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?