काठमाडौं । साताभर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २० अंकले घटेको छ । गत साता १८८९ अंकबाट कारोबार सुरु भएको नेप्से १८६९ अंकमा झरेको हो । साताको चार दिनमात्रै कारोबार भएको नेप्से तीन दिन घटेको थियो भने अन्तिम बिहीबारमात्रै १२ अंकले बढेको थियो ।
साताको पहिलो दिन आइतबार १९ अंक, मंगलबार चार अंक र बुधबार नेप्से नौ अंकले घटेको थियो । सोमबार भने श्रमिक दिवस परेकाले कारोबार बन्द थियो ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । साताभरमा तीन अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन दैनिक औसत ७५ करोड रुपैयाँको कारोबार हो । सातामा नेप्सेको बजार पुँजीकरणसमेत घटेको छ । पुँजीकरण एक प्रतिशतले घटेर २७ खर्ब २४ अर्ब रुपैयाँमा झरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच