शहीद स्मारक लिगः आज दुई खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

छैटौँ जित निकाल्ने योजनासहित मैदानमा उत्रन लागेको मछिन्द्र १४ खेलमा २१ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ भने समान १४ खेलबाट १९ अंक जोडेर नवौँ स्थानको एपीएफ पनि छैटौ जितका लागि मैदानमा उत्रदैँछ ।

यसैगरी, एन्फा कम्प्लेक्समा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुनेछ। सो खेल पनि दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

पाँचौं जित निकाल्ने उदेश्यसहित मैदानमा उत्रन लागेको संकटा १४ खेलमा १६ अंक जोडेर १३ औं स्थानमा छ भने समान १४ खेलवाट २० अंक जोडेको आमी छैटौँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?