एन्फाकाे आकस्मिक बैठक सोमबार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ ।

एन्फाले आफ्ना केन्द्रीय कार्यसमिति सदस्यहरूलाई पत्र काट्दै आकस्मिक बैठकमा बोलाएको हो । एन्फाका महासचिव किरण राईले सोमबार आकस्मिक बैठक बोलाएको जानकारी दिनुभयो ।

यसअघि गत वर्षको फागुनमा भएको एन्फाको बैठकमा भने कार्यसमिति सदस्यबीच झण्डै हात हालाहाल भएको थियो । तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही, दिपक खतिवडालगायतका सदस्यहरूले एन्फाको कार्यसमिति बैठक बहिस्कार गर्नुभएको थियो ।

एजेण्डामा समावेश नगरेपछि विवाद भइरहेको बेला अध्यक्ष पंकज नेम्वाङ पक्षका कार्यसमिति सदस्य पुरुषोत्तम थापाले टेबल उचालेर पछार्दा सिसा फुटेपछि विवादले उग्र रूप लिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?