४३ औँ सार्क गभर्नर मिटिङमा अधिकारी

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी वैशाख १९ देखि २० गतेसम्म पाकिस्तानको इस्लामाबादमा आयोजित ४३औँ सार्क फाइनान्स गभर्नर्स मिटिङ एण्ड सिम्पोजिम्समा सहभागी हुनुभएको छ ।

पहिलो दिन आयोजित ४३औँ सार्क फाइनान्स गभर्नर्स मिटिङमा उहाँले विश्व अर्थव्यवस्थामा उत्पन्न असहजताले निम्त्याएको चुनौतीका बाबजुद नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको बताउनुभएको थियो ।

नेपालको वित्तीय क्षेत्र सबल रहेको र पछिल्लो समयमा तरलता तथा ब्याजदरमा देखिएको असहजता विस्तारै कम हुँदै गएको गभर्नर अधिकारीको भनाइ थियो ।

बैठकमा माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरले कोरोना संकटसँगै रुस–युक्रेन युद्धबाट सिर्जित भू–राजनीतिक तनावका कारण मूल्य र बाहृय क्षेत्रमा देखिएको चुनौती तथा त्यसको समाधानका लागि अवलम्बन गरिएका उपाय र आगामी आर्थिक परिदृश्यका सन्दर्भमा चर्चा गरेका थिए ।

दोस्रो सत्रमा बैंकका उपनिर्देशक सिद्धराज भट्टले राष्ट्र बैंकको नेतृत्वमा सम्पन्न ‘प्रोस्पेक्ट अफ सेन्ट्ररल बैंक डिजिटल करेन्सी इन द सार्क रिजन’ विषयक अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्टेट बैंक अफ पाकिस्तानका निर्देशक डा. एम फारुक अर्बेले उक्त बैंकको नेतृत्वमा सम्पन्न ‘द युज अफ अनकन्भिन्सनल पोलिसी इन्ट्रुमेन्ट वाइ साउथ एसियन सेन्ट्रल बैंक’ विषयक अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

दोस्रो दिन बैंकका निर्देशक नारायणप्रसाद पोखरेलले ‘क्लाइमेट चेन्ज एण्ड ग्रिन फाइनान्सिङ नेपाल’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । राष्ट्र बैंकका अनुसार उक्त बैठकमा अन्य सार्क मुलुकका प्रतिनिधिले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?