बर्दघाटमा रहेको खजुरा खोलाको पुल निर्माण कार्य सुरु

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । बर्दघाट नगरपालिकाको वडा नम्बर ५ र वडा नम्बर १६ जोड्ने खजुरा खोलाको पुलको निमार्ण शुरु भएको छ । शनिबारदेखि निमार्णको ठेक्का पाएको निमार्ण कम्पनी मृत संजिवनी निमार्ण सेवा काठमाडौंले काम शुरु गरेको हो ।

गत चैत १२ गते प्रतिनिधिसभा सदस्य विनोद कुमार चौधरीले उक्त पुलको शिल्यान्स गर्नुभएको थियो । शिल्यान्स भएको करिब डेढ महिना पछि निमार्णको काम शुरु भएको हो ।

शिलन्यास पछि पनि काम शुरु नभएपछि आफूहरुले पटक-पटक सम्बन्धित निकायमा तोकता गरे पश्चात निमार्णको कार्य शुरु भएको बर्दघाट नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष भिमकाजी गुरुङले बताउनुभएको छ ।

अहिले भने निमार्ण कम्पनीले केही निमार्ण सामाग्रीहरु ल्याएको छ भने करिब २० जना विभिन्न तहका कामदारहरु निर्माण स्थलमा खटाएको छ ।
बर्षा अगाडी नै पुलको फाउन्डेशन निर्माण सक्ने गरी काम थालेको बताइएको छ ।

पुल निमार्णको सम्झौता भने २०७७ पुष २८ गते नै भइसकेको थियो । तर, पुलको डिजाइन स्वीकृत भने २०७९ माघ २७ मा भएको थियो । मृत संजिवनी निमार्ण सेवा काठमाडौंले ३० महिनामा निमार्ण सम्पन्न गर्ने गरी निमार्णको ठेक्का पाएको थियो ।

७५ मिटर लामो पुल निमार्णको लागि ९ करोड १५ लाख ८८ हजार १ सय ५० लागतमा निमार्ण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएको छ ।

बर्दघाट त्रिवेणी सडकमा पर्ने उक्त पुल निमार्णको यस सडकमा यात्रा गर्ने यात्रुहरुले व्यग्र प्रतिक्षा गरिरहेका छन् । वर्षायाममा खजुरा खोलामा पानिको बहाब धेरै हुँदा त्यहाँ बनाइने अस्थायी संरचना समेत खोलाले बगाउने गर्छ । जसका कारण यात्रुहरुले वैकल्पिक बाटोको प्रयोग गर्नुपर्ने वाध्यता रहेको छ । हिउँदमा समेत त्यहाँ बनाइने अस्थायी संरचनाबाट कष्टकर यात्रा गर्नुपर्ने हुन्छ ।

त्यस पुलको निमार्ण पश्चात सुस्ता गाउँपालिका, गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकाका-२ वटा वडा तथा बर्दघाट नगरपालिकाको वडा नम्बर १६ का नागरिकहरु बढी लाभान्वित हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?