नवाजुद्दिन र परिवारविरुद्धको मुद्दा फिर्ता लिने आलियाको घोषणा

Read Time = 2 mins

मुम्बई । अभिनेता नवाजुद्दीन सिद्दीकी र उनकी पत्नी आलिया सिद्दीकी निजी जीवनका कारण चर्चामा छन् । हालैमात्र आलियाले नवाजुद्दीन र उनकी आमाविरुद्ध आफुमाथि कुटपिटको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् ।

यिनै आलियाले सञ्जालमा नवाजले गरेको गल्तीलाई माफी दिँदै मुद्धा फिर्ता लिएर भविष्य उज्जवल बनाउने घोषणा गरेकी छन् । उनले अतितको चक्रव्यूमा फस्नु राम्रो नभएकाले गल्ती पुनः नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै सन्तानको भविष्यका लागि यो निर्णय लिएको उल्लेख गरेकी छन् ।

‘हेल्लो नवाज, यो चिठी तिम्रा लागि हो । मैले कैयौं स्थानमा सुने र पढे कि जिन्दगी चलिरहनुपर्ने विषय हो । हामीबीच केही महिनाअघिसम्म जे भए, म यी सबै कुरालाई भुलेर आफ्नो इश्वरमाथि आस्था राख्दै उनको प्रेरणाबाट आफ्नो गल्तीको लागि माफी माग्छु । तिम्रो गल्तीलाई माफी दिँदै अगाडि बढेर भविष्यलाई राम्रो बनाउने कोशिस गर्नेछु । अतितमा फस्नु भनेको कुनै चक्रव्यूमा फस्नु जस्तै हो । यसकारण अतितलाई पछाडि छोडेर यस्ता गल्ती फेरी नदोहोर्‍याउने प्रतिबद्धताका साथ हामी बच्चाको भविष्यमा उज्यालो प्रकाश छर्ने प्रण लिन्छौं’, उनले लेखेकी छन् ।

उनले नवाजुद्दीन र उनको परिवारमाथि आफूले लगाएको सबै मुद्धा फिर्ता लिने उल्लेख गरेकी छन् । उनले आफूलाई नवाजुद्दीनको कुनै आर्थिक सहयोग पनि नचाहिएको र उनीबाट आर्थिक आशा पनि नराखेको जनाएकी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?