नेपालगञ्ज र देहरादुन म्याराथनबीच सहकार्य हुने

हिमालय टाइम्स
Read Time = 4 mins

नेपालगञ्ज । नेपालगञ्ज म्याराथन (नेपाल) र देहरादुन म्याराथन (भारत) बीच म्याराथनमार्फत् पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सहकार्य हुने भएको छ । दुवै विश्व म्याराथनको सर्वोच्च निकाय एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेस (एम्स) बाट मान्यता प्राप्त म्याराथन हुन् ।

देहरादुन म्याराथनका तर्फदेखि अनिल मोहन र नेपालगञ्ज म्याराथनका तर्फबाट संस्थापक अध्यक्ष टीएस ठकुरीले सहकार्य पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि देहरादुन म्याराथन रेस डाइरेक्टर अनिल मोहनले खुशी व्यक्त गर्नुभयो ।

‘एसियाका दुई शहरमा हुने प्रतिष्ठित म्याराथनहरूबीच एकअर्कालाई सहयोग गर्ने उद्देश्यले सम्झौता गर्न पाउँदा धेरै खुशी छौं । यस सम्झौताले म्याराथन पर्यटन प्रवद्र्धन हुने विश्वास लिएका छौं,’ उहाँले भन्नुभएको छ, ‘उत्तराखण्ड र नेपाल दुवैको पहाडी रहनसहन, संस्कृति र भौगोलिक बनोट समान छ । हामी नेपालबाट आउने धावकहरूलाई स्वागत गर्न सदैव आतुर रहनेछौं ।’

देहरादुन म्याराथन यही अक्टोबर १६ (असोज ३० गते) हुनेछ । नेपालगञ्ज म्याराथनको आठौं संस्करण भने मंसिर २४ गते हुनेछ । देहरादुन म्याराथनसँग सहकार्य गर्न पाउँदा नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले धार्मिक पर्यटनमा समेत ठूलो टेवा पुग्ने बताउनुभयो ।

‘अधिकांश हिन्दू धर्मावलम्बीहरूका लागि हरिद्वार, ऋषिकेश ठूलो तीर्थस्थल हो, नेपालगञ्जस्थित वागेश्वरी शक्तिपीठ पनि उत्तिकै महŒवपूर्ण हो,’ ठकुरीले भन्नुभयो, ‘यो सम्झौताले धार्मिक पर्यटनको समेत प्रवद्र्धन हुने अपेक्षा गरेका छौं । साथै धेरैभन्दा धेरै नेपाली धावकले विदेश भूमिमा खेल्ने अवसर पनि अर्को महत्वपूर्ण पाटो हुनेछ ।’

एक दशक लामो सशस्त्र द्वन्द्वलाई औपचारिक विश्राम दिन नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै विगत आठ वर्षदेखि हरेक मंसिरको पहिलो शनिबार नेपालगञ्ज म्याराथन हुँदै आएको छ । यस वर्ष आमनिर्वाचनका कारण मंसिर २४ गते म्याराथन हुनेछ ।

क्रियटिभ हृयाण्ड्सको आयोजना एवं क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं धारा नेपालगञ्ज म्याराथन यस वर्ष भने आमनिर्वाचनका कारण मंसिर २४ गते आयोजना हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?