प्रत्येक वर्ष संयुक्त राष्ट्रसंघको खाद्य र कृषि संगठन (एफएओ) ले १६ अक्टोबरलाई विश्व खाद्य दिवसका रूपमा मनाउँछ । यस वर्षको विश्व खाद्य दिवसको नारा ‘जीवन र खाद्यको आधार हो पानी’ नेपाली नाराको रूपमा रहेको छ । यो दिवस विश्वभरि मनाउन थालेको ४३ वर्ष भएको छ । तर, भोका पेटको संख्या विश्वव्यापी रूपमा घटेको छैन, बढिरहेको छ । आज पनि संसारमा धेरै मानिस भोकबाट बच्न संघर्ष गरिरहेका छन् । फलतः सन् २०५० सम्ममा विश्व जनसंख्या १० अर्ब हुनेनुमान छ । त्यतिबेलासम्म धेरै मानिस विकासोन्मुख देशहरूमा बस्नेछन् ।
उर्लँदो जनसंख्याको चापलाई खुवाउनुपर्ने ठूलो चुनौती आइपर्ने राष्ट्रसामु छ । जसमा प्रत्येकले सन् २००० मा भन्दा औसतमा १२ प्रतिशत बढी खानेछन् । संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनको अनुमानअनुसार मासु र कुखुराको खपत दुईगुणा बढी हुनेछ । यसको मतलब, यो शताब्दीको पहिलो आधामा खाद्य खपत ७० प्रतिशतले वृद्धि हुनेछ । यस्तो अवस्थामा कसरी खाद्य सुरक्षा सुनिश्चित गर्ने ? यो एक ठूलो समस्याको चुनौती हो ।
विश्व भोकमरी सूचकांक (ग्लोबल हंगर इन्डेक्स)-२०२३ मा नेपाल ६९औं स्थानमा छ । यसरी गत असोज २६ गते सार्वजनिक भएको ग्लोबल हंगर इन्डेक्सको १६औं संस्करणमा समेटिएका १ सय २५ देशमध्ये विश्वव्यापी भोकमरीको स्थिति जनाउने सूचकांकमा नेपाल सुधारिएर उक्त स्थानमा पुगेको हो । गत वर्षको तुलनामा नेपाल ११ तहमाथि उठेको छ । किनभने ग्लोबल हंगर इन्डेक्स–२०२२ मा १ सय २१ देशमध्ये नेपाल ८१औं स्थानमा थियो । अझ यसअघि सन् २०२१ मा नेपाल ११६ देशमध्ये ७६औं स्थानमा थियो । त्यस्तैगरी यसअघि सन् २००२ मा नेपालको अवस्था जोखिमपूर्ण थियो ।
सन् २०१८ मा ५३ लाख बालबालिका पाँच वर्षको उमेर पार नगर्दै बिते । नेपालमा पाँच वर्ष कम उमेरका बालबालिकाको मृत्यु दर सन् २००० मा ५८ प्रतिशत रहेको र सन् २०२० मा यो पाँच प्रतिशतको हाराहारीमा रहृयो ।
फलतः हाम्रो देशले जोखिमपूर्ण अवस्थाबाट निरन्तर सुधार गर्दै आएको तथ्यांकमा उल्लेख छ । किनभने नेपाल सन् २०१५ मा ७८औं स्थानमा थियो। जबकि अहिले यो सूचीमा पहिलो स्थानमा नामिबिया छ । नेपालपछि दक्षिण एसियाअन्तर्गत बंगलादेश ८१औं स्थानमा, पाकिस्तान १०२औं स्थान, भारत १११, अफगानिस्तान ११४औं स्थानमा छन् । संयुक्त राष्ट्र संघले सन् २०१५ मै नेपालमा दिगो विकासको लक्ष्य प्राप्ति हुने र कुपोषण र भोकमरीको अन्त्य हुने बताएको थियो । तर, भएन, विगतको अध्ययन र विश्लेषणनुसार दिगो विकासको लक्ष्यका लागि अब सन् २०३० तोकिएको छ र संसारमा यतिबेलाभन्दा अघि भोकमरीको अन्त्य नहुने भएको छ, जोखिम बढ्दै आएकाले त्यो समयमा पनि यकिन देखिँदैन ।
संसारमा १४ करोड चार लाख बालबालिका कुपोषणका कारण सामान्यभन्दा कम उचाइका छन् भने चार करोड सात लाख कुपोषणको शिकार भइसकेका छन् । सन् २०१८ मा ५३ लाख बालबालिका पाँच वर्षको उमेर पार नगर्दै बिते । नेपालमा पाँच वर्ष कम उमेरका बालबालिकाको मृत्यु दर सन् २००० मा ५८ प्रतिशत रहेको र सन् २०२० मा यो पाँच प्रतिशतको हाराहारीमा रहृयो ।
कोरोनाका कारण संसारमा एक लाख ३० हजार बालबालिकाले ज्यान गुमाए भने नेपालमा विगतको द्वन्द्व, लामो गरिबी, असमानता, जल वायु परिवर्तन र विश्वव्यापी कोरोनाले भोकमरीको समस्या थपिने अनुमान छ, अहिले डेंगो प्रभावित छौं हामी । अफ्रिकी देशमा सलहका कारण उत्पादनमा कमी आउँदा भोकमरी थपिने र संसारमा थप सात लाख बालबालिका भोकमरीको शिकार बन्ने, त्यस्तै न्यून र मध्यम आय भएका देशमा छ करोड सात लाख बालबालिका कुपोषणको शिकार बन्ने संरा संघको अनुमान छ ।
विश्वलाई हेर्ने हो भने कतै खाना फालाफाल गरिरहेका छन् भने कतै खान नपाएर भोकभोकै मरिरहेको दृश्य हाम्रो सामु देखा परिरहेको छ । देशको कुरा गर्ने हो भने पनि एकछाक खानेकुरा पनि नहुने मानिस प्रशस्त छन् । यसर्थ खाद्यान्नको यो विषम समस्यालाई ध्यानमा राखेर नै हरेक वर्ष आजको दिनलाई विश्व खाद्य दिवस भनेर मनाउने घोषणा गरिएको हो । अतः एफएओको स्थापनापछि संसारले गरिबी, भोक र कुपोषणविरुद्धको लडाइँमा ठूलो प्रगति गरेको छ । तथापि, कृषि उत्पादकत्व र खाद्य प्रणालीमा देखिएको अपेक्षाकृत कमीले गर्दा संसारका अझै धेरै व्यक्ति खाद्य असुरक्षाको जालोमा बेरिएका छन् ।
यसको साथसाथै सन् २०३० सम्ममा दिगो विकास लक्ष्यको एक नम्बरमा संसारबाट गरिबी हटाउने र दुई नम्बरमा कोही पनि भोको नरहने प्रतिबद्धता छ । यसरी पोषण र हाम्रो प्रतिरक्षा प्रणालीबीच स्पष्ट सम्बन्ध छ । जुन महामारीको प्रकाशमा अझै महत्वपूर्ण भएको छ । यसर्थ विश्वव्यापी रूपमा रहेको दुई अर्बभन्दा बढी व्यक्तिहरूको पर्याप्त सुरक्षित, पौष्टिक खानामा नियमित पहुँच छैन । अपितुः कोभिड–१९ महामारीले यो चुनौतीलाई बढाएको छ । यसरी खाद्य सुरक्षा, पोषण र जीविकोपार्जनमा महत्वपूर्ण लाभ उल्टाउने खतरा छ । यसमा पनि निरन्तर असमानता र अयोग्यतालाई सम्बोधन गर्ने समय अहिल्यै हो, जुन हाम्रो खाद्यान्न प्रणाली, अर्थव्यवस्था र सामाजिक संरचनालाई सम्बोधन गर्न जरुरी छ ।
जुन पोषक तत्वको कमीले धेरै स्वास्थ्य समस्या निम्त्याउन सक्छ । जसमा स्टन्टिङ, बर्बाद र सूक्ष्म पोषक तत्वहरूको कमी समावेश छ । यी समस्याहरू विशेषगरी बच्चाहरू, गर्भवती महिलाहरू र स्तनपान गराउने आमाहरूमा सामान्य हुन्छन्न् ।
पानी पृथ्वीमा सबै जीवनको लागि आवश्यक छ, र यो विशेषगरी खाद्य उत्पादनका लागि महत्वपूर्ण छ । कृषि विश्वभर पानीको सबैभन्दा ठूलो प्रयोगकर्ता हो, जसले सबै ताजा पानी निकासीको लगभग ७० प्रतिशत हो । यो पानी बाली सिँचाइ, पशुपालन र खाना प्रशोधन गर्न प्रयोग गरिन्छ । जुन पानीबिना खाना छैन भने खानाबिना जीवन हुँदैन । स्वस्थ जीवन कायम राख्न पर्याप्त पौष्टिक खानामा नियमित पहुँच हुनुलाई खाद्य सुरक्षा भनिन्छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार विश्वभरका ८० करोडभन्दा बढी मानिससँग खानका लागि पर्याप्त मात्रामा खाद्यान्न उपलब्ध हुनसकेको छैन् ।
मुख्य गरिबी, द्वन्द्व, जलवायु परिवर्तन र प्राकृतिक प्रकोपसहित धेरै कारकहरूका कारण हो । पोषण भनेको शरीरको वृद्धि, विकास र कार्यलाई समर्थन गर्न खानाबाट पोषक तत्व प्राप्त गर्ने र प्रयोग गर्ने प्रक्रिया हो । जुन पोषक तत्वको कमीले धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । जसमा स्टन्टिङ, बर्बाद र सूक्ष्म पोषक तत्वहरूको कमी समावेश छ । यी समस्याहरू विशेषगरी बच्चाहरू, गर्भवती महिलाहरू र स्तनपान गराउने आमाहरूमा सामान्य हुन्छन्न् ।
मानवलाई नभई नहुने दिगो खाद्य प्रणाली हासिल गर्ने चुनौतीलाई हेर्ने हो भने खाद्य प्रणालीहरू जटिल छन् । जसमा खाद्य उत्पादन, प्रशोधन, वितरण, उपभोग, र फोहोर खाद्यान्नलाई सफा गर्ने सबै पक्षहरू समावेश छन ।् । दिगो खाद्य प्रणाली ती हुन् जसको मानव शरीरलाई रक्षा गर्न पौष्टिक खाना उत्पादन गर्नु आवश्यक भएको छ । फलतः दिगो खाद्य प्रणाली हासिल गर्न थुप्रै चुनौती छन्् । यसमा भन्ने नै हो भने एउटा चुनौती भनेको सन् २०५० सम्ममा विश्वको जनसंख्या १० अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । जसले खाद्य उत्पादन प्रणालीमा दबाब दिनेछ ।
यसमा मुख्य कारक तत्व भनेको अर्को जलवायु परिवर्तन हो । जसले गर्दा विश्वका धेरै भागमा खाद्य उत्पादनमा नकारात्मक प्रभाव पारिरहेको छ । त्यसरी नै दिगो खाद्य प्रणाली प्राप्त गर्न के गर्न सकिन्छ ? दिगो खाद्य प्रणाली प्राप्त गर्न सकिने धेरै छन् । अतः एउटा भनेको खाद्यान्नमा रहेको फोहोर घटाउनु हो । त्यस्तै, एफएओका अनुसार मानव उपभोगका लागि उत्पादन हुने सबै खाद्यान्नको एक तिहाइ प्रत्येक वर्ष बर्बाद हुन्छ । जुन खाद्यान्नको फोहोरलाई कम गर्नाले आवश्यक पर्र्ने मानिसलाई थप खाना उपलब्ध छ भनी सुनिश्चित गर्न मद्दत गर्छ ।
तसर्थ अर्को महत्वपूर्ण कदम दिगो कृषि अभ्यासमा लगानी गर्नु पनि हो । यसमा बालीनालीलाई फेरि÷फेरि लगाउने, कभ क्रटिङ र एकीकृत कीट व्यवस्थापन जस्ता अभ्यास समावेश छन् । जसले गर्दा दिगो कृषि अभ्यासले माटोको स्वास्थ्य सुधार गर्न, जल प्रदूषण घटाउन र बाली उत्पादन बढाउन मद्धत गर्न सक्छ । यी विविध कारणले गर्दा खाद्यान्नमा स्वस्थ खानालाई थप किफायती र सबैका लागि पहुँचयोग्य बनाउन महत्वपूर्ण हुन्छ । यो सरकारी अनुदान, खाद्य बैंक र अन्य कार्यक्रममार्फत गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच