सुजुकीले फ्री सर्भिस क्याम्प गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालस्थित सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सिजी होल्डिंग्सको अटोमोबाइल डिभिजन सिजी मोटोकर्पले साउन २४ देखि २६ गतेसम्म मनसुन फ्री सर्भिस क्याम्प गर्ने भएको छ । मनसुन मौसममा हुने लगातार वर्षाले कुनै पनि सवारीसाधनमा नकारात्मक प्रभाव पार्न सक्ने हुनाले क्याम्प सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरका साथै चार भाग्यमानी ग्राहकले चितवनस्थित टाइगर ल्याण्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जित्न सक्ने बताइएको छ ।

कम्पनीका अनुसार सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् भने एसडिटी डायग्नोसिस र हिृवल एलाइनमेन्टमा ५० प्रतिशत छुट, लेवर चार्जमा २० प्रतिशत छुट र एसोसरिजमा, स्पेयर पार्ट्स र इञ्जिन आयलमा १० प्रतिशत छुट पाउनेछन् । क्याम्प नेपालभरिका सबै सुजुकी सर्भिस सेन्टरमा हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?