दैलेखको भगवतीमाईमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

नविन शर्मा दैलेख, संवाददाता
Read Time = 5 mins

दैलेख । दैलेखको भगवतीमाईमा गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता वडाहरूबाटै वितरण सुरु गरेको छ । बैंकमार्फत सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने नेपाल सरकारको नीति भएकोमा भगवतीमाई गाउँपालिकाले बैंकको चाप, भूगोल, मौसम र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी पालिकाको वडाहरूबाटै भत्ता हस्तान्तरण गरिएको हो । भत्ता वडा कार्यालयबाटै लिन पाएपछि आफूखुसी भएको सेवाग्राहीले बताएका छन् ।

दैलेख भगवतीमाई गाउँपालिकाका–१ कि ९७ वर्षीया सेतु थापाले आफ्नै वडामा सामाजिक भत्ता बुझ्नुभयो । स्थानीय सरकारले आप्mनै वडा कार्यालयमा बोलाएर सामाजिक भत्ता दिएपछि खुसी हुँदै ज्येष्ठ नागरिक सेतुले भन्नुभयो, हिँड्न सकिँदैन अरूको सहायताले बैंक जान्थे, दिनभरि कुर्नुपर्ने, शरीर गलेर कस्तो दुःख दिएको सरकारले जस्तो लाथ्यो आज साह्रै खुसी लागेको छ । त्यस्तै, शारारिक अपांगता हुनुभएका विष्णु अधिकारीले समेत वडामा आएर सामाजिक भत्ता वितरण गरेकोमा गाउँपालिकालाई धन्यवाद दिनुभयो । अरूको सहायतमा स्थानीय बजारमा पुगेर सामाजिक भत्ता बुझ्न जाँदा कमजोर वृद्ध शरीरले पाएको दुःखको तीतो अनुभव सुनाउँदै वडा नं. ४ का ९० वर्षीय चन्द्रबहादुर थापाले भन्नुभयो, ‘बल्ल सरकारले हामी ज्येष्ठ नागरिकलाई सम्झिएछ, खुसी लागेको छ ।’

पालिकाले वडामै पुगेर अशक्त, अपांग र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न सुरु गरेको छ । गाउँपालिका र प्रभु बैंक भगवतीमाई शाखाको समन्वयमा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्न सुरुवात गरिएको हो । भगवतीमाई गाउँपालिकाका सूचना अधिकारी प्रेमबहादुर खड्काले भगवतीमाई गाउँपालिकाको कार्यालयले आफ्ना पालिकामा रहेका सातवटा वडाहरूमा अशक्त, अपांग र ज्येष्ठ नागरिकहरूलाई सामाजकि सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको जानकारी दिनुभयो । उहाँले सबै वडाहरूमा पुगेर जेठ ४ गतेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जानकारी दिनुभयो ।

वडा नंं १ बाट सुरु भएको अभियानमा गाउँपालिका उपाध्यक्ष मीनाकुमारी खड्काले वडा कार्यालयमा उपस्थित सबै ज्येष्ठ नागरिक, अशक्त, अपांगहरूलाई सामाजिक भक्ता वितरण गर्नुभएको छ । यसरी वडामा आएर सामाजिक भत्ता वितरण गर्न पाउँदा आफूलाई साह्रै खुसी लागेको बताउनुहुँदैै उपाध्यक्ष खड्काले भन्नुभयो, ‘अब गाउँपालिकाको बजारमा रहेका बैंकमा पुगेर निकै दुःख पाएर सामाजिक भत्ता बुझ्नुपर्ने दिनको अत्य भयो ।’

सामाजिक भत्ता बुझ्नका लागि घरपरिवारबाट एक जना साथी जानुपरेको, आउन जान लाग्ने खर्च, कहिले पालो नआएर स्थानीय बजारमा बसेर अर्काे दिन काम सकेर आउँदा धेरै रकम खर्च हुने गरेको बताउँदै भगवतीमाई गाउँपालिका–७ का रामबहादुर बुढाले भन्नुभयो, ‘सामाजिक सुरक्षा भत्ता लिन सास्ती हुने गरेको थियो अब गाउँपालिकाले वडामा आएर सामाजिक भत्ता वितरण गरेर उत्कृष्ट काम गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?