विकासको गलत मोडल होइन मानव केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्छ : सिके राउत

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष डा.राउतले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अहिलेसम्म मानव केन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको बताउनु भयो । उहाँले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको बताउनु भयो।

उहाँले गलत विकास मोडलको अभ्यास गर्दा विकास भनेकै ठूला–ठूला भवन,विमानस्थल र सडकहरु भन्ने भाष्य कायम रहेको बताउनु भयो। उहाँले प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था रहेको भन्दै यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारी गर्नु गलत भएको बताउनु भयो।

उहाँले भन्नुभो,‘प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था छ । यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारीमा छौं । नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौं । यता सरकार ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेका छौं । सडकमा प्रतिघण्टा १०० सवारी गुड्दैन त्यसलाई सरकार हेरक सडकलाई ४ लेन बनाउनुपर्छ भनेर लहलहीमा लाग्दैछौं । हामीले दशकौंदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएका छौं । विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरु भनेको बुझियो । जसले अहिले हाम्रो हविगत यो भयो । सरकारले आगामी बजेट मानव केन्द्रित बजेट होस । मानव केन्द्रित विकासमा केन्द्रित नीति अवलम्बन गरेर बजेट बनाउनु होला ।’

उहाँले सरकारले नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौ तर ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेको बताउनु भयो । उहाँले सडकमा प्रतिघण्टा १०० सवारी नगुड्ने सडकलाई ४ लेन बनाउने भन्दै सरकार लैहीलैहीमा लागेको आरोप लगाउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?