काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको बृहत् आर्थिक परिसूचकले अर्थतन्त्र प्रतिकूलतातर्फ गइरहेको भन्दै प्रतिकूलतालाई अनुकूलता बनाउने गरी बजेट आउनुपर्ने बताउनुभएको छ ।
भारत, चीन, रुवाण्डा, बंगलादेशजस्ता मुलुकमा गरिबी तीव्र गतिमा घट्नुको मुख्य कारण निजी क्षेत्रको नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम अघि बढाउनु रहेको जिकिर गर्दै उहाँले नयाँ बजेट निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिनुभएको हो । बुधबार आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अध्यक्ष ढकालले भन्नुभयो, ‘हामी यत्तिकै बस्यौँ भने अर्थतन्त्रमा सुधार हुँदैन ।
यो सुधार तत्कालै आउने मौद्रिक नीतिको चौथो त्रैमासिक समीक्षा, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमार्फत् गरिनुपर्छ । मैले महासंघको नेतृत्व सम्हाल्दै गर्दा यी विषयलाई आफ्नो प्राथमिकतामा राखेको छु । पहिलो विद्यमान आर्थिक अवस्थामा सुधारका लागि तत्कालीन सुधारका उपाय अवलम्बन गर्नुपर्छ । सँगसँंगै आगामी दिनमा पनि यस्तो समस्या आउन नदिन केही संरचनात्मक सुधार अहिले नै आवश्यक छ । जस्तो कि हामीकहाँ सात प्रतिशतमाथिको आर्थिक वृद्धि हुँदा तरलतामा चाप पर्ने गरेको छ । त्यसैले बजारमा निरन्तर रकम प्रवाह भइरहने उपायको खोजी गरिनुपर्छ ।’
दोस्रो प्राथमिकता स्वदेशी र विदेशी लगानीलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन हुनुपर्ने पनि उहाँले बताउनुभयो । सन् २०१९ मा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन नयाँ ल्याइए पनि लगानी बढ्न नसकेको भन्दै उहाँले रोजगारी र राजस्वका लागिमात्र नभई निर्यात बढाउन पनि विदेशी लगानी अपरिहार्य रहेको विश्व बैंकले समेत आंैल्याएको बताउनुभयो ।
त्यस्तै, ब्याजदर स्थायित्व, कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण, निर्माण, उद्योग एवं साना उद्योगलाई पुनर्कर्जा, पुँजीगत खर्च बढाई अनुत्पादक खर्च न्यूनीकरण, स्रोत सुनिश्चितता नभएका अनावश्यक दायित्व सिर्जना हुने कार्यक्रममा रोक लगाइनुपर्ने उहाँको सुझाव छ ।
रेमिट्यान्स विशेष प्रवद्र्धन कार्यक्रममार्फत औपचारिक माध्यमबाट बढीभन्दा वढी रेमिट्यान्स भित्त्र्याउने योजना, तुलनात्मक लाभ भएका लगानीका क्षेत्र र नयाँ ठाउँमा पनि निजी क्षेत्रलाई अवसर, वातावरणीय प्रभाव न्यूनीकरण गरी तुलनात्मक लाभका गिट्टी बालुवालगायतका वस्तु निर्यात, पर्यटन पूर्वाधारको विकास, कृषिजन्य उद्योग स्थापनामा सहजीकरण, प्रविधिको उच्चतम प्रयोगबाट सुशासन, राजस्वसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनका सरलीकरणलगायतमा पनि अध्यक्ष ढकालले जोड दिनुभएको छ ।
उद्योग समितिमा अग्रवाल र पुँजी बजारमा गुरागाईं
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको उद्योग समितिको सभापतिमा उद्योगी राजेशकुमार अग्रवाल चयन हुनुभएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अग्रवाललाई सभापतिमा नियुक्त गर्नुभएको हो ।
उद्योगी व्यवसायीका समस्याबारेमा बढी जानकार रहेको र सरोकारवाला निकायमा उद्योगी व्यवसायीका समस्यालाई राख्न सक्ने भन्दै उहाँलाई चयन गरिएको अध्यक्ष ढकालले बताउनुभएको छ ।
अग्रवालले उद्योगी व्यवसायीले भोग्दै आएको समस्या समाधानका लागि आफूले नीतिगत सुधारलगायतमा काम गर्ने बताउनुभयो । अग्रवालको सिद्धार्थ, अर्घाखाँची सिमेन्ट, सिद्धार्थ खाद्यान्न उद्योग, एसियन कंक्रिटो, श्री स्टिललगायतका उद्योगमा लगानी रहेको छ ।
त्यसैगरी महासंघको पुँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाईं नियुक्त हुनुभएको छ । महासंघको पहिलो कार्यकारिणी समितिको बैठकले गुरागार्इंलाई सो पदमा नियुक्त गरेको हो । महासंघको छवि तथा प्रतिष्ठा अझ सशक्तरूपमा अघि बढाउन गुरागार्इंको सभापतित्वमा गठित समितिले जिम्मेवारीपूर्वक काम गर्ने अध्यक्ष ढकालले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच