एनसेलको नयाँ सिइओमा कायुमोभ

Read Time = 2 mins

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालकमा जाब्बोर कायुमोभलाई नियुक्त गरेको छ ।

उहाँको नियुक्ति गत महिनामै भए पनि बुधबारमात्रै आधिकारिकरूपमा कम्पनीले जानकारी दिएको हो । नवनियुक्त सिइओ जाब्बोरले बुधबादरेखि कार्यभार सम्हाल्नुभएको छ । यससँगै एनसेलका यसअघिका सिइओ एण्डी चोङ् आजियाटा गु्रपको प्रधान कार्यालयमा गु्रप चिफ कर्पोरेट अफिसरका रूपमा काम गर्ने गरी फर्किनुभएको छ । कम्पनीका अनुसार जाब्बोरसँग करिब २० वर्ष दूरसञ्चार उद्योगमा काम गरेको अनुभव छ ।

एनसेलमा आबद्ध हुनुअघि उहाँले डिजिसेल ट्रिनिडाड एण्ड टोबागोको सिइओका रूपमा काम गर्नुभएको थियो । क्यारेबियन मुलुकहरूमा कार्यरत रहँदा उहाँले डिजिटल सेवाप्रदायक बन्न व्यवसाय सञ्चालन परिवर्तनको नेतृत्व गर्नुभएको थियो ।

कम्पनीका अनुसार नवनियुक्त सिइओ जाब्बोरले भन्नुभएको छ, ‘एनसेल टिममा सामेल हुन पाएकोमा म हर्षित छु । प्रभावशाली फुटप्रिन्ट र बलियो ब्राण्ड पोर्टफोलियो भएको एनसेलको प्रतिभावान् टिमसँग काम गर्न उत्सुक छु ।

टिमसँग काम गर्दै व्यावसायिक कार्यसम्पादनमा वृद्धि गर्नु र आजियाटा गु्रपको बृहत्तर भिजन एड्भान्सिङ एसियामा आधारित हुँदै नेपालको डिजिटल विकास र नेपालीको जीवनस्तर सुधारमा योगदान पुर्याउन ध्यान केन्द्रित गर्नेछु । एक करोड ६० लाखभन्दा बढी ग्राहक र नेपालीको सेवा गर्न पाउँदा म गौरवान्वित छु ।’ एनसेलमा अजियाटाको ८० प्रतिशत र बाँकी नेपालीको लगानी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?