उदयपुरको हाडेबासमा भिषण आगलागी आठ घर जलेर नष्ट

हिमालय टाइम्स
Read Time = 1 min

-सरोज निरौला

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ हाडेबासमा आगालागी भएको छ । बिहीबार बिहान विद्युत सर्ट भइ आगलागी हुँदा हालसम्म आठ घर जलेर नष्ट भइसकेको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयाे ।

आगलागी नियन्त्रणमा आइ नसकेकाले थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयाे । घटनालगत्तै त्रियुगा, चौदण्डिगढी नगरपालिका र रौतामाई गाउँपालिकाका तीनवटा दमकल, स्थानीय र प्रहरी परिचालन हुँदासमेत नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?