बेनीमा हाडजोर्नी शल्यक्रिया शिविर संचालन

हिमालय टाइम्स
Read Time = 2 mins

म्याग्दी । दुर्गम भेगका जनतालाई लक्षित गरेर म्याग्दीको बेनी अस्पतालमा हाडजोर्नीको शल्यक्रिया शिविर सुरु गरिएको छ । शिविर पूर्ण रूपमा निःशुल्क रहेको छ ।

शुक्रबारबाट नेपाल अर्थोपेडिक अस्पतालसँगको प्राबिधिक सहयोगमा बेनी अस्पताल, बेनी नगरपालिका र रोटरी क्लब अफ काठमाडौं वेष्टको आयोजनामा चार दिने निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविर सुरु भएको हो ।

नेपाल अर्थोपेडिक्स अस्पतालमा निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. कैलाश भण्डारीको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकहरूसहितको १८ जनाको टोलीले बेनी अस्पतालमा निःशुल्क हाडजोर्नी शल्यक्रिया गर्नेछ ।

चिकित्सकहरूको टोलीले अन्य हाडजोर्नी सम्बन्धि ओपीडी सेवा पनि दिनेछ । निर्देशक डा. भण्डारीकाअनुसार ५० देखि ६० जनाको निःशुल्क शल्यक्रिया र एक हजार जनालाई ओपीडी सेवा दिने लक्ष्य रहेको छ ।

शिविरलाई मेड सोलुसन फाउण्डेसन स्वीटजरल्याण्डको आर्थिक सहयोग रहेको छ । आजबाट संचालन भएको शिविर जेठ १ गतेसम्म चल्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?