शहीद स्मारक लिगः आज पनि तीन खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक लिगमा आज पनि तीन खेल हुँदैछन् ।

त्रिपुरेस्थित दशरथ रंगशालामा दुईवटा र च्यासल खेल मैदान, ललितपुरमा एउटा खेल हुनेछ ।

च्यासलस्थित खेल मैदानमा मछिन्द्र फुटबल क्लब तथा थ्रि स्टार क्लब बीच  पहिलो खेल हुनेछ । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी त्रिपुरेस्थित रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लब बिच पहिलो प्रतिस्पर्धा हुनेछ । सो खेल पनि ३ बजेबाट सुरु हुनेछ ।

उता, साँझ ६ बजेवाट रंगशालामा हुने दोस्रो खेलमा भने एफपी फुटबल क्लब र सातदोवाटो युवा क्लब एक आपसमा आमुने सामुने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?