बाल विकास समाजको ३२औँ वार्षिक उत्सव, अपाङ्गता भएका बालबालिकालाई ह्वीलचियर वितरण

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । बालबालिकाको समग्र विकासका लागि काम गरिरहेको संस्था बाल विकास समाजले विशेष कार्यक्रमका साथ ३२औं वार्षिक उत्सव मनाएको छ ।

बालबालिकाका क्षेत्रमा केही गरौं भन्ने भावना भएका समाजसेवीहरुको पहलमा ३२ वर्षअघि स्थापना भएको यस संस्थाले बालसमृद्धिको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख अतिथ्यतामा काठमाडौंको बानेश्वरमा ३२ औं वार्षिक  उत्सव कार्यक्रम भएको कार्यक्रममा संस्थाले अपाङ्गता भएका बालबालिकालाई ह्वीलचियर पनि वितरण गरेको थियो ।

संस्थाले बालसमृद्धिका लागि वर्षभरी सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुको झलक प्रस्तुत गर्नुका साथै संस्थापक पदाधिकारीहरुसँग बालबालिकाहरुलाई साक्षात्कारसमेत गराएको थियो । साक्षात्कारमा बालबालिकाले बालअधिकारको व्यवहारिक अनुभु‍तकाे वातावरण निर्माणको सवालमा सरकार र नागरिक समाजको भूमिकाका विषयमा प्रश्न गरेका थिए । यस्तै कार्यक्रममा फरक क्षमता भएका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मन्त्री आचार्यले बालअधिकार सुनिश्चित गर्न सरकार सधैँ प्रतिवद्ध रहेको बताउँदै बालबालिकाको समृद्धिका लागि विभिन्न नीति/ ऐनहरु बनेकाे उल्लेख गर्नुभयाे । उहाँले पछिल्लो समय बालअधिकारको अभियान व्यापकरुपमा अगाडि बढेको भन्दै सरकारद्धारा निर्मित दिगो विकास लक्ष्यदेखि बालअधिकार नीति ऐनलाई सशक्त कार्यान्वयन गर्नका लागि नागरिक समाज बाल विकास समाजजस्ता संघ संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

मन्त्री आचार्यले संस्थाको काम देखेर आफू निकै उत्साहित भएको र बालबालिकासँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्ने अवसर बाल विकास समाजले जुराएकोप्रति धन्यवाद व्यक्त गर्नु भएकाे थियाे। साथै उहाँले बालबालिका सम्बन्धि कार्ययोजनाको अध्ययन गरिरहेको बताउँदै आगामी दिनमा बालबालिका लागि देखिने अनुभूत हुने किसिमका सबैसँग सहकार्य गर्दै अघि बढ्न आफू तयार रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रमा विशेष अतिथिको रुपमा सहभागी बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले बाल विकास समाजले बालसमृद्धिका लागि गरेका कामप्रति नगरपालिकाले सधैँ गौरव गर्ने र बालमैत्री नगर अभियानमा सँगसगै अगाडि जाने बताउनु भयो ।
संस्थाले गरेका कामप्रति आफू निकै खुशी भएको बताउँदै उहाँले  विशेषगरी आज प्रत्यक्ष रुपमा अपाङ्गता बालबालिकालाई भेट्न पाएकोमा संस्थाप्रति आभार प्रकट गर्नु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्यका साथै बालबालिकाहरुद्धारा नै तयार पारिएका गीत नृत्य र रुपान्तरका लागि सन्देश मुलक नाटक लगायतका प्रस्तुतिहरु देखाइएको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक पदाधिकारी कार्यसमिति पदाधिकारी, आजीवन सदस्य कर्मचारीहरुको उपस्थितिससहित विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति थियो ।

कार्यक्रमको अन्त्यतिर संस्थाका अध्यक्ष सुवास गौतमले बाल विकास समाज बालअधिकार सुनिश्चित गर्ने अभियानमा हिजो, आज र भोलि पनि निरन्तरता दिने उल्लेख गर्दै सहभागी सबैलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा कलाकर्मी बालबालिकालाई प्रश‌सा–पत्र वितरण गरिएको थियो ।

थप : अपाङ्गता भएका बालबालिकालाई ह्वीलचियर हस्तान्तरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?