अपाङ्गता भएका बालबालिकालाई ह्वीलचियर हस्तान्तरण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालस्थित अष्ट्रेलियन राजदूत फेलिसिटी भल्कको प्रमुख अतिथ्यतामा अपाङ्गताभएका (हिडडुल गर्न नसक्ने) बालबालिकालाई बालविकास समाजद्वारा ह्वीलचियर वितरण गरिएको छ । Honorary Consulate General of Nepal, New South Wales, Australia एवं बालविकास समाजका आजीवन सदस्य दिपकबहादुर खड्काको पहलमा Wheelchairs for Kids-Australia सँगको सहकार्यमा बालविकास समाजले १६७ सेट ह्वीलचियर प्राप्त गरेको हाे ।

यही चैत ३० गते विहिबारका दिनमा बालविकास समाज, कपनमा सम्पन्न एक कार्यक्रममा सिर्जनशील अपाङ्ग पुर्नस्थापना तथा विशेष शिक्षा विद्यालय नैकापका बालबालिकालाई ७ थान र कपनमा रहेको १ जना अपाङ्गता भएका बालकलाई ह्वीलचियर हस्तान्तरण गरिएको छ ।

बालविकास समाजले स्थापनाकालदेखि नै बालबालिकाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, संरक्षण, सचेतनामूलक कार्यका लागि उदाहरणीय पहल गर्दै आइरहेको छ । विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई प्राथमिकतामा राखेर संस्थाले कार्य गर्दै आइरहेको छ ।

कार्यक्रममा Consulate General of Nepal, NSW, Australia का दीपकबहादुर खड्काले यस किसिमको सहयोग जुटाउन आफूले भूमिका निभाउन सकेको र बालबालिकाको मुहारमा खुसी देख्न पाउँदा आफू हर्षित भएको बताउनुभयाे । आगामीदिनमा समेत आफूले सक्दो सहयोग गर्ने उहाँकाे भनाई थियाे ।

बालविकास समाजका महासचिव काजीबाबु पाण्डेयले बालबालिकाले पाउनै पर्ने हकहित तथा संरक्षणको अधिकार पूरा गर्नका लागि आफूले र संस्थाले कर्तव्य निर्वाह गरेको बताउनुभयाे । समुदायमा असहज परिस्थितीमा रहेका बालबालिकाले समेत सेवा सुविधा पाउन सकेकोमा अभिभावकहरुले खुसी व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि फेलिसिटी भल्कले बालबालिकाको खुशी र समृद्धिका लागि सक्रिय रुपमा काम गरिरहेको तथा बालबालिकालाई प्रत्यक्ष रुपमा भेटेर ह्वीलचियर हस्तान्तरण गर्ने अवसर जुराइ दिएकोमा बालविकास समाज र Wheelchairs for Kids-Australia धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनमा बालबालिकाको खुशीका लागि संस्था सँग हातेमालो गर्न प्रतिवद्ध भएको र यस्ता काममा आफू निकै खुशी र उत्साहित हुने बताउनुभयाे ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्षहरु शरद शर्मा र डा. छत्र अमात्य तथा अध्यक्ष सुवास गौतम, कर्मचारीहरुलगायत समाजसेवी, शुभचिन्तक, बालबालिका र अभिभावकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको समापनगर्दै अध्यक्ष सुवास गौतमले फरक क्षमता भएका बालबालिकालाई पहिलो प्राथमिकतामा राखी कार्य गरेको र बालबालिकाको मुहारमा खुशी ल्याउन संस्थाको अभियानमा सहकार्य गर्नुहुने, हौसला र ऊर्जा प्रदान गर्नुहुने नेपालस्थित अष्ट्रेलियन राजदुतलगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभएकाे थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?