चीनले नेपाललाई तिब्बत बनाउन खोजेको छ: अध्यक्ष यादव 

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष विनय यादवले चीनले नेपाल तिब्बत बनाउन खाजेको आरोप लगाउनु भएको छ ।

बाराको कलैयामा शनिवार आयोजित नेपाल प्रति चिनियाँ अभ्यास र असर विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै संयोजक यादवले चीनले अघोषित रुपमा नेपालमा सादा पोशाकमा चिनिया सेना परिचालन गरेर नेपाललाई तिब्बत बनाउन षडयन्त्र शुरु गरेको दावी गर्नुभयो ।

‘अहिले चीनले नेपालमा सांस्कृतिक, धार्मिक, शैक्षिक, भाषिक आक्रमण शुरु गरेको छ,’ उहाँले भन्नुभयो, ‘विगतमा भारतीय विस्तारवादको नारा लगाएर नेपालीलाई उक्साउने चीनले अहिले साँस्कृतिक आक्रमण गरिरहेको छ ।’ चीनले नेपालको केही भुभाग कब्जा गरिसकेको र अहिले देशलाई नै आफ्नो गुलाम बनाउने दिशामा सक्रियता बढाएको उहाँको भनाई छ ।

चीनले पोखरा विमान स्थल निर्माणमा ऋणको बोझ बोकाएर विमानस्थल नै कब्जा गर्ने दाउ राखेको उहाँको जिकिर थियो । तीन किलोमिटर रनवे भएको लुम्बिनी अन्तराष्ट्रिय विमानस्थल ७ अरबमा निर्माण कार्य सम्पन्न भयो । तर अढाई किलोमिटर रनवे भएको पोखरा विमानस्थल निर्माण गर्न ३२ अर्ब रुपैयाँ खर्च भएको भन्दै उहाँले आश्चर्य व्यक्त गर्नुभयो ।

त्यती मात्र होईन विश्वमा कहीं विमानस्थलको रनवे ढलान गरेर बनाईएको छैन । सेनाले प्रयोग गर्ने रनवे मात्र ढलान गरेर निर्माण हुन्छ, नेपालमा आफ्नो सैनिक गतिविधि तिव्र पार्न पोखरा विमानस्थल चिनियाहरुले आफू अनुकूल बनाएको उहाँले आरोप लगाउनुभयो । पोखरा विमानस्थलको रनवे ढलान गरेर बनाईएको र यसले अवतरण हुने विमानको लागी समेत अनुकुल नरहेको उहाँको जिकिर थियो ।

अचाक्ली चिनीया ऋणको बोझ बोकाईएको पोखरा विमानस्थलले तोकिएको समयावधीमा ऋण तिर्न नसक्ने र पछि विमानस्थल नै ऋणवापतमा चीनले नै कब्जा गर्ने षडयन्त्रण सुरु गरेको उहाँको भनाई छ ।

देशका प्रमुख राजनीतिक दलका नेतालाई आर्थिक प्रलोभन दिएर आफ्नो प्रभावमा पारेको संयोजक यादवले आरोप लगाउनुभयो । नेपाल भरी नै चीनले बुच्चरको रुपमा चिनिया अनुसन्धानकर्तालाई खटाएको र यहाँको हरेक गतिविधिको सूचना सुक्ष्म तरिकाले संकलन गरीरहेको उहाँको आरोप रहेको छ ।

युरोपियन युनियन र चीनले आफ्ना दलाल मार्फत् नेपालको मौलिकता, भाषा, संस्कृति, शिक्षा माथि निरन्तर प्रहार थालेको र पछिल्लो समय सफलता प्राप्त गर्दै गईरहेको जनाउदै आउने दिनमा नेपालको हालत पनि श्रीलंका, पाकिस्तान जस्तै हुने हो कि भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल अहिले चीनको अस्वभाविक ऋणको बोझबाट थिचिदै गएको छ,उहाँले भन्नुभयो, ‘ आतंकवादको जरो अमेरिकामा फैलाउन चीनले नै भुटानी शरणार्थीको नाममा चीनिया एजेन्टलाई नेपाली अधिकारीहरुको सहयोगमा भुटानी शरणर्थी बनाएर अमेरिका उडाएको उहाँले खुलासा गर्नुभयो ।

गृह मन्त्रालयको संलग्नतामा भएको यो फर्जी कामले विश्वमै नेपालको छवि खराब भएको र यसले नेपाललाई नै आतंकवादीको सूचीमा पार्ने षडयन्त्र भएको उहाँको भनाई थियो ।

पंचायतकाल देखी षडयन्त्र थालेको चीनले अहिले नेपाल कम्युनिष्ट पार्टीहरुको सहयोगमा नेपाल माथी हाबी भएको भन्दै उहाँले चीनकै हस्तक्षेपको कारण नेपालको राष्ट्रिय एकता खलबलिएको र कमजोर बनेको आरोप लगाउनुभयो ।

ईतिहास कोट्याउदै उहाँले राजा महेन्द्रकै पालामा ३० किलोमिटर उत्तर तर्फको टिउनी नदी सिमाना सम्मको भुभाग कब्जा गरेर चाईनामा मिसाएको बताउनुभयो ।

'त्यती मात्र होईन चीनले नेपालको हिमालयको उत्तर तर्फको भुभाग समेत कब्जा गरीसकेको छ,' उहाँले भन्नुभयो ‘ केही वर्ष अगाडी मात्रै गोरखा जिल्लाको नेपाली गाउ रुई गाउलाई पनि चीनले कब्जा गरी तिब्बतमा मिलाएको छ ।' प्रदिप ज्ञवाली प्रराष्ट्रमन्त्री भएकै बेला चिनिया सेनाले रुई गाउँ कब्जा गरेको उहाँको भनाई छ ।

उक्त अवसरमा संविधान सभासदस्य बीपी यादवले ९० प्रतिशत हिन्दु रहेको नेपाललाई धर्म निरपेक्ष बनाउन चीन र युरोपियन युनियनले नै षडयन्त्र गरेको बताउनुभयो । चीनले विस्तारवाद नीतिलाई सफल बनाउन सनातन धर्मलाई निशाना बनाएर आफ्नो क्रियाकलाप अगाडी बढाएको उहाँले आरोप लगाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?