तीन दिनभित्र विषयगत समितिको बैठक बसी संयुक्त समिति गठन गरिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संसदको विषयगत समितिको बैठक तीन दिन भित्र बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले तीन दिनभित्र बैठक बस्ने र समिति गठन गर्ने निर्णय गरेको हो ।

पहिलो अधिवेशनको अन्तिम बैठकमा विषयगत समिति गठन गरे पनि बैठक बस्न सकेको थिएन । समितिको बैठक बसेपछि सभापति चयन प्रक्रिया अगाडि बढ्नेछ ।

संयुक्त समिति (संसदीय सुनुवाइ राज्यका निर्देशक) गठन पनि तीन दिनभित्रै गर्ने निर्णय भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?