सरकारी वकिल कार्यालयमा पुर्व गृहमन्त्री खाणको बयान सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ पुर्व गृहमन्त्री बालकृष्ण खाणको बयान सुरु भएको छ ।

बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहनुभएका खाणको वयान सुरु भएको हो ।

गत बिहिबार पक्राउ पर्नुभएका पुर्व गृहमन्त्री खाण माथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले हिजो ४ दिनको म्याद थप गरिए पछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याईएको हो ।

टेकु परिसरको हिरासतमा ४ दिन देखी रहदैँ आएका खाणले सो घटनामा आफनो संलग्नता अस्विकार गर्दै आउनुभएकाे छ । उहाँले हिजो पनि सञ्चारकर्मीसँग आफ्नाे कुनै संलग्नता नरहेको बताउनुभएकाे थियाे ।

यद्धपी, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफ्नो बयानको क्रममा गृहमन्त्री खाणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?