विकास निर्माण गर्न मन्त्री नै बन्नु पर्छ भन्ने छैनः कांग्रेस नेता सिंह

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कांग्रेसका नेता प्रकशमान सिंहले जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताउनु भएकाे छ । काठमाडौंको शंखमुलमा शनिबार आयोजित कार्यक्रममा उहाँले विकास निर्माणका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको औल्याउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘म जनप्रतिनिधि हुँ । म मन्त्री प्रधानमन्त्री हुँला नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नी । मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु,’ सिंहले भन्नुभयाे। यद्यपि, प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्ने आत्मविश्वास आफूमा रहेको उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न नसक्ने पनि सिंहको भनाइ थियो । उहाँले भन्नुभयाे, ‘यो त तपाईंहरूले मात्रै चाहेर पनि हुँदैन । मैलेमात्रै चाहेर पनि हुँदैन। संसदीय दलको निर्वाचन हुँदैछ। त्यसमा निर्भर पर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?