राप्रपा बैठक : ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ राजनीतिक प्रतिवेदनमा छलफल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।

सोमवारवाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु भएको हो ।

‘अध्यक्षज्यूले पेश गरेको राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्य सुरु भएको छ,’ प्रवक्ता सगुन लावतीले भन्नुभयो। उहाँका अनुसार अध्यक्ष राजेन्द्र लिङदेनलगायतले सोमवार प्रस्तुत गरेको प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्नु हुनेछ ।

अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बिदेशी इशारामा चल्न थाले पछि सरकार छाड्नु परेको हिजो जनाउनु भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमासमेत बिदेशी संलग्नता रहनुलाई राष्ट्रिय लज्जाको बिषय भएको निष्कर्ष उहाँको थियो ।

प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा पुगेको जनाउँदै उहाँले सरकार निर्माण र विघटनमा बाह्य प्रभाव रहे पछि आफुहरुले सरकार छाड्नु पर्ने जानकारी केन्द्रिय समितिमा गराउनु भएको छ ।

उहाँले बैदेशिक हस्तक्षेप र दलीय भ्रष्टचारको बिरुद्धमा निमर्म भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ । मुख्य दलका अराजनीतिक गतिबिधि र भ्रष्ट प्रवृतिका कारण संबैधानिक राजतन्त्रको औचित्य अझै बढ्न गएको उल्लेख गर्दै त्यसको पक्षमा माहौल सिर्जना गर्नका लागि उपयुक्त अवस्था सिर्जना भएको पनि लिङदेनले जनाउनु भएको छ ।
अध्यक्षको रानजनीतिक, महामन्त्रीको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथी मंगलवार दिनभरी छलफल हुने प्रवक्ता लावतीले जानकारी दिनुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?